back
NMB ad

पाकिस्तानको प्रधानमन्त्रीमा अब्बासी निर्वाचित

Kumari bank ad

पाकिस्तानको संसदले पूर्व प्रधानमन्त्री नवाज शरीफको सत्ताधारी दल पाकिस्तान मुश्लिम लिग– नवाज (पिएमएल–एन) को तर्फबाट नेता शहीद खकान अब्बासी मङ्गलबार प्रधानमन्त्री निर्वाचित भएका छन् । पाकिस्तानी सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारमा संलग्नताको आशङ्का गर्दै पद त्याग्न आदेश गरेपछि उनले गत शुक्रबार राजीनामा दिएपछि रिक्त रहेको उक्त पदका लागि संसदमा निर्वाचन भएको थियो ।

अब्बासीलाई संसदको ३४२ सदस्य सङ्ख्यामा २२१ मत प्राप्त भएको थियो । प्रधानमन्त्रीका लागि विभिन्न छ जनाको उम्मेदवारी रहेकोमा प्रमुख प्रतिपक्षी दल पाकिस्तान पिपुल्स पार्टीका सैयद नभीद कमार उनको प्रतिस्पर्धि रहेका थिए । कमारले जम्मा ४७ मत प्राप्त गरेका थिए । त्यसैगरी पाकिस्तान तेहरिक–ए–इन्साफका शेख रसिद अहमद ले ३३ मत प्राप्त गरेका थिए भने जमाते ए इश्लामीका शाहिवजादा तरिक उल्लाहले जम्मा चार मत प्राप्त गरेका थिए ।

शरीफले आफ्नै भाई शहवाज सरीफलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावलाई उनको पाकिस्तान मुश्लिम लिग– नवाज (पिएमएल–एन)ले स्वीकार गरेपछि हाललाई अन्तरिम प्रधानमन्त्रीका रूपमा सत्ताधारी दलले सरीफका विश्वासपात्र पूर्व पेट्रोलियम मन्त्री शहीद खकान अब्बासीलाई अघि सारेको छ । शहवाज नेशनल एसेम्लीको सदस्यमा निर्वाचित भएपछि अब्बासीले राजीनामा दिने र उनको ठाउँमा प्रधानमन्त्री बनाई सरीफका भाई शहवाजलाई ल्याउने सत्ताधारी दलको योजना रहेको छ ।

अब्बासी अन्तरिम प्रधानमन्त्री निर्वाचित बनेपछि उनलाई प्रतिपक्षी दलका सदस्यलेसमेत बधाई दिएका छन् । रासस/सिन्ह्वा

प्रकाशित मितिः २०७४ साउन १८

वि.सं.२०७४ साउन १८ बुधवार १४:२२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...