back
NMB ad

९ प्रतिशले पर्यटकको संख्या बढ्दा अमेरिकी पर्यटकको हिस्सा सबैभन्दा धेरै

Kumari bank ad

मोरोक्को। मोरोक्कोमा सन् २०१७ को मध्यसम्ममा अघिल्लो वर्षको तुलनामा पर्यटकको संख्यामा नौ प्रतिशतले वृद्धि भएको छ । अर्थसम्बन्धी एक पत्रिका ‘एल इकोनोमिस्ट’ बुधबार सार्वजनिक गरेको विवरणअनुसार परम्परागत युरोपेली बजारबाटै यो संख्यामा वृद्धि भएको हो ।

मोरोक्कोको पर्यटन मन्त्रालयलाई उद्धृत गर्दै लेखिएको समाचारमा सबैभन्दा धेरै अमेरिकाबाट २७ प्रतिशत पर्यटक मोरोक्को आएका छन् । त्यसैगरी अमेरिकापछि धेरै पर्यटक आउनेमा जर्मनीका १२ प्रतिशत रहेका छन् भने नेदरल्याण्डका ८ प्रतिशत, स्पेनका ७ प्रतिशत र फ्रान्सका ५ प्रतिशत पर्यटक मोरोक्को आउने गरेका छन् ।

पर्यटकको संख्या बढ्नुमा विषेशगरी चीन र जापानमा आक्रमक बजारीकरण पनि मुख्य कारण भएको अधिकारीहरुले बताएका छन् । पछिल्लो विवरणअनुसार चीनबाट ५६५ प्रतिशत र जापानबाट ४६ प्रतिशत पर्यटक मोरोक्को आउनेक्रम बढेको छ । सन् २०१६ मा एक करोड ३० लाख पर्यटकले मोरोक्कोको भ्रमण गरेका थिए । जुन सन् २०१५ मा आएका पर्यटकको संख्यामा १.५ प्रतिशतले बढी हो । मोरोक्कोले सन् २०१७ मा ६ प्रतिशत मात्रै पर्यटक वृद्धि हुने अपेक्षा गरेको थियो ।

मोरोक्कोका लागि पर्यटन नै आर्थिक उपार्जनको मुख्य आधार हो । झण्डै ५ लाख अर्थात् झण्डै ५ प्रतिशत जनतालाई पर्यटन क्षेत्रले रोजगारी दिएको छ । मोरोक्कोको राष्ट्रिय आयमा पर्यटन क्षेत्रबाट झण्डै ७ प्रतिशत योगदान रहेको तथ्याङ्क छ । रासस/सिन्ह्वा

प्रकाशित मितिः२०७४ साउन १९

वि.सं.२०७४ साउन १९ बिहीवार ११:१६ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...