काठमाडौ । रसुवागढी हाइड्रोपावर कम्पनी, सर्वसाधारणलाइृ सेयर जारी गर्ने तयारीमा रहेका मध्ये हालसम्मकै दोस्रो ठुला आयोजना बन्ने भएको छ । १ सय ११ मेगावाटको यो आयोजनाले पहिलो चरणमा कम्पनीले ऋणदाता कर्मचारी सञ्चय कोषलाई चुक्ता पुँजीको २४ प्रतिशत अर्थात् १ अर्ब ६४ करोड २१ लाख रुपैयाँ (१ करोड ६४ लाख कित्ता) सेयर जारी गर्ने भएको हो ।
यता, धितोपत्र बोर्डले हालै जलविद्युत कम्पनीले ऋणी संस्थालाई सेयर दिन नपाउने व्यवस्था गरेको छ । कम्पनीले दोस्रो चरणमा स्थानीयको लागि १० प्रतिशत सेयर र तेस्रो चरणमा १५ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने भएको हो ।
यसलाई इक्रा नेपालबाट ग्रेड फोर प्लस रेटिङ प्रदान गरेको छ ।
प्रकाशित मितिः२०७४ साउन १९
वि.सं.२०७४ साउन १९ बिहीवार ११:३१ मा प्रकाशित