काठमाडौ । नागरिक लगानी कोषको २१ औँ वार्षिक साधारणसभा आगामी भदौ १६ गते हुने भएको छ । साउन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
साधारणसभा प्रयोजनकालागि कोषले साउन २७ गतेदेखि भदौ १६ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । साधारणसभामा कोषले २१.८५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लग्दैछ । कोषले आर्थिक बर्ष ०७१/०७२ को कमाईबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको हाल चुक्ता पूँजी ६० करोड ७५ लाख रुपैयाँ छ। बोनसपछि चुक्तापूँजी ७४ करोड नाघ्नेछ ।
प्रकाशित मितिः २०७४ साउन २०
वि.सं.२०७४ साउन २० शुक्रवार ११:५१ मा प्रकाशित