back
NMB ad

पानी परेपनि भरतपुरमा मतदान रोकिएन,जनताको उत्साहजनक सहभागीता

Kumari bank ad

भरतपुर महानगरपालिका १९ नम्बर वडाको स्थानीय तह निर्वाचनको पुनः मतदान भएको छ । कडा सुरक्षासहित बिहान ७ बजेदेखि मतदान सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । बिहानैदेखि भरतपुर क्षेत्रमा पानी परे पनि मतदाताको उपस्थिति उत्साहजनक रहेको छ ।

वडाका ६ वटा केन्द्रमा ३६ कर्मचारीसहित ठूलो संख्यामा सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका ४ सय ६१ जना, सशस्त्रका ३ सय जना र तेस्रो घेरामा सयभन्दा बढी संख्यामा सेना खटिएका छन् । छुट्टाछुट्टै मोबाइल टोलीको समेत व्यवस्था गरिएको छ ।

वडामा बिहीबार साँझ ७ बजेबाट नै अघोषित रूपमा सवारी आवतजावत बन्द गराएको छ । प्रत्येक केन्द्रमा प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ ।

मतदानका दिन वर्षाले असर नपुर्‍याओस् भनेर बुथमा पालसमेत हालिएको छ । सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार १९ वडामा ३ हजार ७ सय ९७ मतदाता छन् । शारदा मावि ‘क’ मतदान केन्द्रमा ६ सय ४४, ‘ख’ मा ५ सय ९९ मतदाता छन् । त्यस्तै जीवनज्योति आधारभूत विद्यालयको ‘क’ मतदान केन्द्रमा ६ सय ७२, ‘ख’ मा ६ सय ३४ मतदाता छन् । किरण माविको ‘क’ मा ६ सय ४४ र ‘ख’ मा ६ सय ४ मतदाता छन् ।

वैशाख ३१ को चुनावमा उक्त वडामा २ हजार ८ सय ९७ मत खसेको थियो । गणना क्रममा जेठ १४ गते माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निकै दिन लगाएर निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय लिएको थियो । तर पुनः मतगणनाको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले पनि आयोगकै निर्णयअनुसार फैसला गरेपछि पुनः मतदान गर्न लागिएको हो । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले शुक्रबारका लागि मतदान मिति तोकेको थियो ।

मेयरमा एमालेबाट देवी ज्ञवाली र माओवादी केन्द्रबाट रेणु दाहाल चुनावी प्रतिस्पर्धामा छन् । गणनाका क्रममा एमालेका ज्ञवालीले अग्रता लिएका छन् भने निकट प्रतिद्वन्द्वीका रूपमा माओवादीकी दाहाल छिन् । मतदान भइसकेका अन्य सबै वडाको मतगणना भइसके पनि २० नम्बर वडाको मत गन्न भने बाँकी छ ।

प्रकाशित मितिः २०७४ साउन २०

वि.सं.२०७४ साउन २० शुक्रवार १५:०८ मा प्रकाशित

You can share this post!

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...