back
NMB ad

पर्वतारोहण संघको अध्यक्षमा सन्तवीर लामाको सानदार जित

Kumari bank ad

काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा सन्तवीर लामा विजयी भएका छन् । अध्यक्षसहित पदाधिकारीका अधिकांश पदमा लामा समहूका उम्मेद्वारले जित हाँसिल गरेका छन् भने महासचिव शेर्पा प्यानलका उम्मेद्वारले जितेका छन् ।
शनिवार भएको निर्वाचनको करीब राति १२ बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार पाँच पदाधिकारी र पाँच सदस्य लामा समूहका उम्मेदवरले जितेको छ भने चार सदस्य सहित महासचिव शेर्पा नेतृत्वको समूहले जितेको छ ।
मतपरिणाम अनुसार जिम्बाजाङबु शेर्पालाई ६७ मतले पराजित गर्दै लामा विजयी भएका हुन् । उनले ३८३ मत प्राप्त गरे भने शेर्पाले ३१६ मत ल्याए । त्यस्तै, प्रथम उपाध्यक्षमा लामा समूहकै दिवश विक्रम शाह ३७० मत हाँसिल गरी विजयी भए भने उनका निकटतम प्रतिद्धन्दी भूमि लामाले ३१० मत ल्याए । द्वितीय उपाध्यक्षमा पनि लामा समुहकै माया शेर्पा विजयी भइन् उनले ३८४ मत ल्याइन् भने उनकी निकटतम प्रतिद्धन्दी निमी शेर्पाले २९८ मत प्राप्त गरिन् ।
महासचिवमा भने शेर्पा समूहका उम्मेद्वार कुलबहादुर गुरुङले जित हाँसिल गरेका छन् उनले ३९१ मत प्राप्त गरी विजय हासिल गरे भने उनका प्रतिद्वन्द्वी बोधराज भण्डारीले २९१ मत ल्याए । त्यस्तै, सचिवमा पनि लामा समुहकै टिकाराम गुरुङले ३५० मत ल्याई विजय हासिल गर्दा उनका प्रतिद्वन्द्वी पी छेवाङ शेर्पाले ३२१ मत प्राप्त गरे । कोषाध्यक्षमा पनि लामा समुहबाटै उम्मेद्वार सुदर्शन न्यौपाने विजयी भएका छन् । उनले ३३२ मत ल्याए भने विमल नहर्कीले ३२० मत हात पारे ।
कार्यसमिति सदस्यहरुमा मिश्रित परिणाम आएको छ । नौ जना सदस्यहरुमा लामा समूहले ५ र शेर्पा समूहले ४ सदस्यमा जित हात पारेका छन् । जस्मा, लामा समुहबाट पासाङ तेण्डी शेर्पा, सिंगी लामा, मिङमार शेर्पा, विनय शाक्य, र सञ्जिव गुरुङले जित हात पारे । शेर्पा, लामा, शेर्पा, शाक्य र गुरुङले क्रमशः ३६४, ३२७, ३५२, ३५७ र ३२१ मत प्राप्त गरेका छन् । उता, शेर्पा समूहबाट सदस्यहरुमा डा। हरि प्रसाद श्रेष्ठ, आङछेवाङ शेर्पा, दा ग्याल्जेन शेर्पा र तुल्सिङ गुरुङ निर्वाचिन भए । उनीहरुले क्रमशः ३५३, ३३२, ३३६ र ३६४ मत प्राप्त गरेका छन् । एनएमएमा १ हजार ३९ मतदाता रहेकोमा ७५६ मत खसेको थियो ।

वि.सं.२०७४ साउन २२ आइतवार ०७:४० मा प्रकाशित

You can share this post!

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...