काठमाडौ । बुटवलमा केन्द्रीय नेपाल ग्रामीण विकास बैंकले ९ लाख ७५ हजार कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले बोर्डबाट साउन २३ गते सोमबार अर्थात आजै अनुमति पाएको हो ।
बैंकको एफपीओमा कुनै प्रिमियम शुल्क जोडिएको छैन । लगानीकर्ताले यो एफपीओ प्रतिकित्ता १०० रुपैयाँको दरमै भर्न पाउनेछन् ।
एफपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । दोस्रो बजारमा ग्रामीणको अन्तिम कारोबार ९४३ रुपैयाँमा भएको थियो ।
प्रकाशित मितिः२०७४ साउन २३
वि.सं.२०७४ साउन २३ सोमवार १३:४५ मा प्रकाशित