back
NMB ad

नेपाली सोर्स कोडले जित्यो दक्षिण एसियाकै उत्कृष्ट एमबिलियन्थ अवार्ड

Kumari bank ad

काठमाडौं । नेपाली सूचना प्रविधि सम्बन्धी कम्पनी सोर्स कोड प्रालिले मोबाइल सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गरे बापत आठौं एमबिलियन्थ अवार्ड जितेको छ । भारतको नयाँ दिल्लीमा गत शुक्रबार आयोजित कार्यक्रममा सोर्स कोडप्रालिले बनाएको ‘नेपाली पैसा’मोबाइल एप्लिकेसनलाई उत्कृष्ट घोषणा गर्दै यो अवार्ड (उपाधि) दिइएको हो ।

डिजिटल इम्पावरमेन्ट फाउन्डेसनले मोबाइल प्रविधिसँग सम्बन्धित दक्षिण एसियाका कम्पनीहरुलाई सम्मान गर्दै आएको छ । यस प्रतिस्पर्धामा दक्षिण एसियाली मुलुकहरुबाट कुल २९४ वटा सूचना प्रविधि सम्बन्धी (आइटी) कम्पनीहरुले अवार्डका लागि आवेदन दिएका थिए । त्यसमध्ये बाट ६५ वटा कम्पनी अन्तिम छनोटमा परेका थिए । जसमा सोर्ड कोर्डले बनाएको ‘नेपाली पैसा’मोबाइल एप्लिकेसनले सूचना तथा मनोरञ्जन विधातर्फ एमबिलियन्थ अवार्ड हात पारेको हो ।
विभिन्न १० वटा विधामार्फत सहभागी कम्पनीहरु अन्तिम छनोटमा परेका थिए । सोर्स कोडले ‘नेपाली पैसा’लाई सञ्चार तथा मनोरञ्जन विधाअन्तर्गत आवेदन दिएको थियो । यस अवार्डले वित्तीय क्षेत्रसँग सम्बन्धित मोबाइल प्रविधिमा आधारित काम गर्न थप हौसला मिलेको सोर्स कोडका प्रबन्ध निर्देशक अभिजित श्रेष्ठले बताए ।

अवार्डले सोर्स कोड र नेपाली पैसाको ब्रान्डिङमा थप सहयोग पुग्नुका साथै सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने सम्पूर्ण नेपालीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न समेत हौसाला प्रदान गरेको श्रेष्ठको भनाई छ ।

प्रकाशित मितिः२०७४ साउन २५

वि.सं.२०७४ साउन २५ बुधवार १४:१७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...