back
NMB ad

मिति ख्याल गर्नुहोस्,हाईड्रोपावरको १ अर्ब भन्दा बढिको सेयर आजबाट खुल्यो !

Kumari bank ad

काठमाडौ । सानिमा माई हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर शुक्रबारदेखि बिक्री खुला भएको छ। सानिमाले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ५ लाख ५० हजार कित्ता अर्थात् १ अर्ब ५ करोड रुपैंयाको हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीले भदौ २९ गतेसम्म हकप्रद भर्न सकिने सुविधा दिएको छ । साउन ९ गतेसम्म कायम सेयरधनीले उक्त सेयरमा आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलबाट दरखास्त फारम भर्न र बुझाउन सक्नेछन् । यसैगरी, सानिमा बैंकको उपत्यका भित्रका चुच्चेपाटी, कलंकी, कुमारीपाटी, न्यूरोड र सूर्यविनायक शाखा तथा उपत्यका बाहिर विराटनगर, वीरगन्ज, बिर्तामोड, दमक, धरान, लहान, नारायणगढ, नेपालगन्ज र पोखरा शाखाबाट पनि फारम भर्न र बुझाउन पाइनेछ ।

लगानीकर्ताले हकप्रद सेयरको दरखास्त फारम बिक्री प्रबन्धक सनराइज क्यापिटल र सानिमा माई हाइड्रोपावरको वेबसाइटबाट डाउनलोड गरेर पनि भर्न सक्नेछन् ।

हाल सानिमा माईको चुक्ता पुँजी १ अर्ब ५ करोड ५० लाख रुपैयाँ छ । १०० प्रतिशत हकप्रद बिक्री गरिसकेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ साउन २७

वि.सं.२०७४ साउन २७ शुक्रवार १३:५८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...