प्रिमियममा खुलेको एफपीओ आजबाट भर्नुस्,भर्ने म्याद धेरै छैन

काठमाडौ । पोखरा फाइनान्सको एफपीओ आइतबारदेखि खुलेको छ । फाइनान्सले ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ बिक्री खुला गरेको हो। एफपीओ भदौ १ गतेसम्म भर्न पाइनेछ । भदौ १ गतेभित्र आवश्यक मात्रामा आवेदन नपरेमा भने भदौ ११ गतेसम्म भर्न पाइनेछ ।

पछिल्लो समय एफपीओ र आइपीओ अधिक आकर्षण देखिएकाले भदौ १ भित्रै आवेदन बन्द हुने अनुमान गरिएको छ । पोखरा फाइनान्सले फेस भ्यालु १०० रुपैयाँमा १२० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२० रुपैयाँ दरले एफपीओ बिक्री गर्न लागेको हो ।

न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९०० कित्तासम्म आवेदन दिन पाइनेछ । यसको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले आश्वा अनुपति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् ।

प्रकाशित मितिः२०७४ साउन २९

२०७४ साउन २९ गते ११:५० मा प्रकाशित

You can share this post!

गोला प्रथाबाट जिससको प्रमुख निर्वाचित

बैंकको सेयर छ ? तपाईलाई २०% बोनस दिने भयो,पढ्नुहोस्

Related posts