back
NMB ad

वर्षाले तराईमा मच्चायो बितण्डा, पीडामाथि झन् पीडा थपिँदै

Kumari bank ad

काठमाडौं । अविरल वर्षाका कारण हाल तराई डुबानमा परेको छ । पूर्वका झापा, मोरङ, सुनसरी र सप्तरीको आधा भाग नै डुबानमा परेको छ ।

पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेशकुमार भट्टराईका अनुसार झापा, मोरङ, सुनसरी र सप्तरीलगाएतका तराई बेगमा बाढीका कारण हाल सम्म ३ दर्जन भन्दा बढीको मृत्यु भइसकेको छ भने , १५ भन्दा बढी  बेपत्ता छन् । डुबेर तथा बाढीले बगाएर हालसम्म १७ जनाको मृत्यु भइसकेको छ । अन्य १५ जना बेपत्ता छन् ।

विराटनगर विमानस्थल जलमग्न छ । कोशी ब्यारेजमा पानीको सतह पौने ३ लाख क्युसेक पुगेको छ । ब्यारेजमा रातो बत्ती बलि रहेको छ । उक्त ब्यारेजको क्षमता पाँच लाख क्युसेकरहेको छ ।

प्रभावित क्षेत्रमा विद्युत अवरुद्ध छ । ल्यान्डलाइन र मोबाइल सेवा पनि अवरुद्ध छन् । नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार इटहरीस्थित एक्स्चेन्जका ब्याट्रीहरू डुबानमा परेका कारण ल्यान्डलाइन र मोबाइल सेवा अवरुद्ध हुन पुगेको हो । अहिले दुवै सेवा खुलाउने प्रयास भइरहेको तर ल्यान्डलाइनबाट मोबाइलमा सम्पर्क हुने ‘इन्टर लिंक’मा अझै समस्या रहेको भएपनि ‘खुलाउने प्रयास जारी रहेको वैद्यको भनाई छ ।

प्रकाशित मितिः २०७४ साउन २९

वि.सं.२०७४ साउन २९ आइतवार १२:५७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...