back
NMB ad

चीनका उपप्रधानमन्त्री वाङ याङ सहितको टोली नेपाल आउँदै

Kumari bank ad

चीनका तत्कालिन प्रधानमन्त्री वेन जियाबाओले पाँच वर्षअघि पाँच घण्टाका लागि नेपाल भ्रमण गरेयता काठमाडौमा चीनका उपप्रधानमन्त्री वाङ याङ उच्च तहको भ्रमणका लागि सोमबार काठमाडौ आउँदैछन् । बाओपछि नेपाल आउने वाङ पहिलो शीर्ष नेता हुन । चीनका उपप्रधानमन्त्री वाङ याङ पाकिस्तान हुँदै सोमबार काठमाडौ उत्रिने जनाईएको छ । दक्षिण एसियामा चीनको सबैभन्दा नजिकको मित्र पाकिस्तानको ७० औँ स्वतन्त्रता दिवसमा सहभागी भएर वाङ नेपाल आउन लागेका हुन ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले शनिबार बेइजिङमा उपप्रधानमन्त्री वाङ चार दिने पाकिस्तान र नेपाल भ्रमणका लागि आइतबार इश्लामावाद प्रस्थान गर्ने जानकारी गराएको छ । सोमबार पाकिस्तानको स्वतन्त्रता दिवसमा आयोजना गरिने समारोहमा सहभागी भएर उपप्रधानमन्त्री वाङ त्यही दिन काठमाडौं आउने कार्यक्रम रहेको छ। हालैमात्र नयाँ प्रधानमन्त्री चयन भएपछि वाङ पाकिस्तान पुग्ने पहिलो शीर्ष चिनियाँ नेता समेत हुन् ।

सोमबारबाट चिनियाँ उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमण हुने जानकारी उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले दिएका छन् । उनले चिनको यो भ्रमण अर्थपुर्ण हुने जानकारी पनि दिएको छ । उपप्रधानमन्त्री वाङसँग भूकम्पपछिको पुनर्निर्माणमा चीनले गर्दै आएको सहयोग, बेल्ट एण्ड रोड इनिसिएटिभ केरुङ रेलमार्ग लगाएतका विषयमा छलफल हुने जनाइएको छ ।

विदेश मामिला विश्लेषकहरूका अनुसार भूराजनीतिक हिसाबले महत्वपूर्ण समयमा चीनका उपप्रधानमन्त्री वाङ नेपाल आउन लागेका हुन् । चीन र भुटानको सिमा क्षेत्र दोक्लममा विवाद उत्कर्षमा रहेका बेला केही सातापछि नै प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदैछन् यस्तोमा चिन नेपाल भारतको प्रभावमा नपरोस भन्ने चाहान्छ । चीन र भारतबीच बढेको दोक्लम विवादको समाधान शान्तिपूर्ण रुपमा खोजिनु पर्ने भन्दै नेपालले सन्तुलित कुटनीति अपनाएको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणको क्रममा नेपालको यो तटस्थता नतोडियोस् भन्ने बेइजिङ चाहानालाई भेटेर नै स्पष्ट पार्ने रणनीतीमा चिन रहेको छ ।

चीन सरकारमा चार जना उपप्रधानमन्त्रीमध्ये अर्थ मामिला हेर्ने वाङ नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री महराको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । यसअघि वाङलाई पूर्व प्रधानमन्त्री दाहालले गत चैतमा बोआओ एसिया फोरममा सहभागी हुने क्रममा नेपाल भ्रमण गर्न निमन्त्रणा दिएका थिए ।

चीन भ्रमण गरका दाहाले त्यतिबेला बेइजिङमा राष्ट्रपति सी र उपप्रधानमन्त्री वाङ याङसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति सीसँग शिष्टाचार भेटवार्ता गरेका प्रधानमन्त्री दाहालले चीनका प्रधानमन्त्री ली खछ्याङको अनुपस्थितिमा उपप्रधानमन्त्री वाङसँग लामो वार्ता गरेका थिए । वाङको उच्चस्तरीय प्रतिनिधि मण्डलमा चीनको परराष्ट्र, अर्थ र वाणिज्य मन्त्रालयका अधिकारीहरू रहने बताइएको छ ।

त्यसैले बेइजिङले रणनीतिक रुपले महत्वपूर्ण समय छनोट गरेर उपप्रधानमन्त्रीको भ्रमण आयोजना गरेको हो । राष्ट्रपतिको भ्रमण हुन नसके पनि कोही न कोही शीर्ष नेता नेपाल आउने बेइजिङले बताउँदै आएको थियो। अक्टोबरमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनबाट वाङ याङ सात सदस्यीय स्थाई समितिमा आउने अनुमान गरिएको छ, जुन चीनको सत्ता सञ्चालनको सर्वोच्च निकाय हो ।

बिहिबार बेइजिङ फर्कनुअघि वाङले काठमाडौँमा भूकम्पले ध्वस्त बनाएको काष्ठमण्डप पुनर्निर्माणको सिलान्यास गर्ने र नेपाल(चीनबीच केही सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । काठमाडौँमा रहँदा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यतालीका रहेको छ ।

प्रकाशित मितिः २०७४ साउन २९

वि.सं.२०७४ साउन २९ आइतवार १४:०४ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...