back
NMB ad

नेपालीे घरद्धारा अमेरिकामा छात्र– छात्रालाई छात्रवृत्ति प्रदान गरि सम्मान

Kumari bank ad

नातिबाबु भट्ट,कोलोराडो, अमेरीका । कोलोराडोमा सकृय सामाजीक संस्था नेपाली घरले १२ कक्षा पासगरि कलेज जाने जेहन्दार २ जना छात्र छात्राहरुलाई एक भब्य समारोह बिच छात्रवृत्ति प्रदान गरि सम्मान गरेको छ । नेपाली घरद्धारा गठित छात्रवृत्ति छनौट समितीले प्राप्त निवेदनहरु मद्मेबाट यस बर्ष उत्कृष्ट २ जनालाई छात्रबृति दिने निर्यण गरेको हो ।

यसरी छात्रवृत्तिद्धारा पुरस्कृत हुनेहरुमा सुदक्षिणा भट्ट र अतुल ढुङ्गेल रहेका छन् । सम्मानित छात्र छात्राहरुलाई नेपाली घरका अध्यक्ष योगराज गौतम पूर्ब अध्यक्ष नारायण श्रेष्ठ, महासचिव लक्ष्मण राना लगायतका व्याक्तिहरुले एक हजार डलर नगद ट्रफी, प्रमाण पत्र प्रदानगरी सम्मान गरेका हुन् । त्यसैगरी समारोहमा संजिव दाहाल र सोमाली रेग्मीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो ।

नेपाल र अमेरीकाको राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रममा अन्तराष्ट्रिय साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिक, नेपाली घरका बिशेष समितीका सदस्य डा.आनन्द पौडेल, नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, रकी माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठी, बल्ड डोनर्स अफ अमेरिकाका केन्द्रिय सदस्य भुषणलाल श्रेष्ठ, अन्तराष्ट्रिय साहित्य समाजका कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल, तमुधि कोलोराडोका अध्यक्ष चन्द्र गुरुङ, संखुवासभा समाजका महासचिव हरिकुमार श्रेष्ठ, बिआटी नेपाल डटकमका शैलेस पोख्रेल, लगायत स्थानिय सर्वसाधारण बुद्धीजिवी, आयोजक संस्थाका पदाधिकारी पत्रकारहरुको उपस्थिती रहेको थियो ।

संस्थाका अध्यक्ष योगराज गौतमको सभापतित्वमा, बु्रमफिल स्थित मिनी ईन्डिया रेष्टुरेन्टमा सम्पन्न कार्यक्रमको संच्ँँलन छात्रवृत्ति छनौट समितीका संयोजक प्रमोद श्रेष्ठले गरेका थिए भने पुरस्कृत छात्र छात्राको नामको घोषणा गतबर्ष छात्रबृती प्राप्तगर्न सफल छात्र राशिव बस्नेतले गरेका थिए । त्यसैगरि नेपाली घरका महासचिव लक्ष्यमण रानाले कार्यक्रमको उद्धेश्य प्रष्ट्याएका थिए । कोषाध्यक्ष जगदिश ढकालले कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न सहयोय गर्ने दाताहरुको नाम सार्वजानिक गरेका थिए ।

सम्मानित छात्र छात्राहरुबाट छनौट समितीले विशेष प्रावधान तोकेर निवेदन आवा≈न गरेको थियो । जसमा यसै बर्ष १२ पास गरेको, कोलोराडोमा बसोवास गरेको, समुदायमा सामाजिक कृयाकलापमा भागलिएको , फुल टाईम कलेज पढ्ने प्लान गरेको , थोरैमा ७५ प्रतिशत वा ३.० जिपीए भएको , कलेजले भर्नाको लागी छनौट गरेर पठाएको लिखीत पत्र समावेस गर्नु पर्ने जस्ता प्रवधानहरु रहेका थिए ।

यसको साथै समितीले निवेदकहरुलाई ८ सय शब्द सम्मको निवन्द लेखि समावेस गर्नु पर्ने सर्त राखेको थियो । कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद दिदै अध्यक्ष गौतमले नेपाली घरले अमेरीकी कल्चरमा हुर्कदैै गरेका भावी पुस्तामा नेपाली संस्कृतीको जगेर्ना गराउन तथा उनीहरुलाई नेपाली समुदाय तर्फ आकर्षित गराउन यस्ता कार्यक्रम ल्याईएको बताए । यहा जन्मे हुर्केका बालबालिकाहरु माझ आगामी दिनमा यस्ता कार्यक्रमहरु अघि नसारे नेपाली भाषा संस्कृति जोगाउन कठिन हुने अवस्था आएको भन्दै यस्ता कार्यक्रमले केही हद सम्म बालबालिका र तिनिहरुको परिवारलाई नेपाली समुदायतर्फ आकर्षित गराउने धारण राखे ।

प्रकाशित मितिः २०७४ साउन ३०

वि.सं.२०७४ साउन ३० सोमवार १३:१३ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...