बोरा बोकेर तराईका बढी पीडितलाई राहत सामाग्री बाँड्दै धुर्मुस(हेर्नुहोस् फोटोफिचर)

हास्य कलाकार सिताराम धुर्मुसले महोत्तरीको भंगहा गाउँपालिका वडा नम्बर –४ रामनगरस्थित दलित मुसहरवस्तीमा आइतबार दश बजे राति औषधिसहितको राहत बाँडे । काठमाडौंबाट मधेसका बाढीपीडितको मलहम लगाउन तराई झरेका धुर्मुस ३५ परिवारका १ सय ५० जनालाई राहत बाँडेका हुन् ।

उनले चिउरा, दालमोठ, बिस्कुट, औषधिलगायतका सामाग्री बाँडेका हुन् । दुई दिनदेखि आफूहरुले खान र सुत्न नपाएको पीडित परिवारलाई राहत बाँडन पाउँदा आत्मसन्तुष्टी मिलेको उनले बताए । तराई मधेसका बाढी पीडितका लागि राहत र उद्वारका लागि देश विदेशका नेपाली जुट्नुपर्ने धुर्मुसले बताए ।dhurmus photo rahat3 dhurmus photo rahat2 dhurmus photo rahat5

अहिले धुर्मुस सप्तरीका लागि राहत लिएर हिँडेका छन् । ठाउँठाउँमा बाटो कटान र डुबान परेकोले राहत सामाग्री काँधमा बोकेर उतीहरु त्यसतर्फ लागेका हुन् ।

dhurmus photo rahat4 dhurmus photo rahat1

प्रकाशित मितिः २०७४ साउन ३०

२०७४ साउन ३० गते १४:०७ मा प्रकाशित

You can share this post!

रेष्टुरेन्टमा बन्दुकधारीको आक्रमण,१७ को मृत्यु

मंगलबारदेखि नयाँ ५ रुपैयाँको नोट बजारमा ल्याउदै राष्ट्र बैंक

Related posts