back
NMB ad

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९१ जना पुग्यो ( अपडेट)

Kumari bank ad

काठमाडौ । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा हालसम्म ९१ जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा बाढीपहिरो र डुबानमा परेर २५ घाइते, ३८ जना बेपत्ता र दुई हजार ८४७ घर पूर्ण क्षति भएको उल्लेख गरिएको छ । देशका विभिन्न जिल्लामा भएका बाढीपहिरो र डुबानका घटनाबाट ठूलो संख्यामा जनधनको क्षति हुनुका साथै जनजीवनसमेत प्रभावित हुन पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तीन हजार ७२७ पूर्वाधार संरचनाको क्षति भएको छ । बाढीपहिरो र डुबानबाट पीडितहरुको खोज, उद्धार गरी राहत वितरण गर्ने कार्यलाई सरकारले तीव्रता दिएको जनाउँदै त्यस कार्यका लागि सुरक्षाकर्मीसमेत २६ हजार ७०० भन्दा बढी जनशक्ति प्रत्यक्ष रुपमा प्रभावित क्षेत्रमा खटिएको छ । नेपाली सेनाका सात र निजी क्षेत्रका छ वटा हेलिकप्टरसहित मोटरबोट, रबरबोट लगायतका साधनहरु खोज, उद्धार र राहतमा प्रयोग भएको पनि गृह मन्त्रालयले जनाइएको छ ।

मन्त्रालयले झापामा ७०० परिवारका लागि ८५१ त्रिपाल, ४७५ थान कम्बल, २६१ सेट भाँडाकुँडा र केही ड्राइफुड वितरण भएको छ भने सुनसरीमा ६४ क्वीन्टल चामल, १२० क्वीन्टल चिउरा, ६७ क्वीन्टल भूजा, ९१० किलो नुन, २१ हजार ४५० वटा चाउचाउ, ५० लि खानेतेल, ५० कार्टुन बिस्कुट, ६४० पोका दालमोठ र तीन क्वीन्टल दाल वितरण गरेको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी बाढीप्रभावित सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, बारा, रौतहट, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लामा पनि राहत सामग्री वितरण गरिएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । रासस

प्रकाशित मितिः २०७४ साउन ३०

वि.सं.२०७४ साउन ३० सोमवार २२:०९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...