back
NMB ad

रोनाल्डोमाथि पाँच खेलको प्रतिबन्ध

Kumari bank ad

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि पाँच खेलको प्रतिबन्ध लागेको छ । स्पेनिस सुपर कप फुटबलको पहिलो लेग अन्तर्गत आइतबार राति भएको बार्सिलोनासँगको खेलमा दोहोरो पहेँलो कार्ड खाँदै रोनाल्डो मैदानबाट बाहिरिएका थिए ।

दोहोरो पहेँलो कार्डका कारण रोनाल्डोमाथि स्वतः एक खेलको प्रतिबन्ध लागेको हो । यस्तै मैदानबाट बाहिरिने क्रममा रेफ्री रिकार्डो डि बुर्गोसलाई धकेलेकाले रोनाल्डोमाथि थप चार खेलको प्रतिबन्ध लागेको हो । रोनाल्डोले गोल गरेर त्यसको सेलिब्रेसनका लागि जर्सी फुकालेकाले पहिलो पहेँलो कार्ड पाएका थिए ।

त्यसको केही मिनेटपछि स्यामुएल उमटिटीसँगको ट्याकलका लागि उनले दोस्रो पहेँलो कार्ड पाएका थिए । ३२ वर्षका रोनाल्डोले आउँदो बुधबार हुने दोस्रो लेग गुमाउने छन् । थप चार खेलको प्रतिबन्ध विरुद्ध उनले अपिल गर्न पाउने छन् । अपिलका लागि १० दिनको समय बाँकी छ । रोनाल्डोको अपिल खारेज भएमा उनले स्पेनिस ला लिगा तथा अरु घरेलु प्रतिस्पर्धाका चार खेल गुमाउने छन् ।

तर उनले च्याम्पियन्स लिगका खेल भने खेल्न पाउने छन् । प्रतिबन्ध कार्यान्वयन भएमा रोनाल्डो सेप्टेम्बर २० मा रियल बेटिससँगको खेलमा मात्रै मैदानमा हुनेछन् । प्रतिबन्ध कार्यान्वयन भएमा रोनाल्डोले ला लिगाको नयाँ सिजनका चार खेल गुमाउने पर्नेछ । उनले डिप्रोटिभो ला कोरुना, भ्यालेन्सिया, लेभान्टे र रियल सोसिडाडसँगको खेल गुमाउने सम्भावना छ ।

प्रकाशित मितिः २०७४ साउन ३१

वि.सं.२०७४ साउन ३१ मंगलवार १६:२० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...