back
NMB ad

पेट्रोलपम्पमा सवारीको लाईन

Kumari bank ad

काठमाडौ। अविरल वर्षापछि तराई क्षेत्रमा आएको बाढीका कारण आपूर्ति असहज हुँदा राजधानीका पेट्रोलपम्पमा उपभोक्ताको लाइन बढेको छ । गत बिहीबारदेखि तराईमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम ढुवानीमा असर परेको छ । सोही कारण राजधानीमा इन्धन आपूर्तिमा कठिनाइ आएको निगमले जनाएको छ ।

पेट्रोलियम बोकेका ट्याङ्कर राजमार्गमै रोकिएका छन्,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘बाढीको प्रभाव पनि विस्तारै कम भएकाले बुधबारदेखि नै उपभोक्ताले पेट्रोल पम्पमा लाइन बस्नुपर्दैन ।’ उनका अनुसार मंगलबारदेखि ती ट्याङ्कर राजधानीतर्फ हिंडेकाले विस्तारै आपूर्ति सहज हुने छ ।

व्यवसायीको आन्दोलनको चापका कारण पनि पेट्रोलियम आपूर्तिमा असहजता थपिएको वागमती पेट्रोलियम डिलर्स एसोसिएसनको भनाइ छ । पेट्रोलियम ढुवानीमा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउनुपर्ने माग राख्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले २६–२७ साउनमा निगमबाट पेट्रोल र डिजेल खरिद रोकेका थिए । उक्त समस्या समाधान भइसकेको छ ।

भण्डारण क्षमता कम भएका कारण स–साना घटनाबाट पनि इन्धन आपूर्ति असहज बन्दै आएको छ । हाल निगमसँग भएको मौज्दातले पेट्रोल साढे ६ दिन, डिजेल साढे सात दिन र हवाई इन्धन १३ दिनका लागि मात्र भण्डारण हुने गरेको छ ।

प्रकाशित मितिः २०७४ साउन ३१

वि.सं.२०७४ साउन ३१ मंगलवार १६:४६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...