back
NMB ad

गाडी किन्दै हुनुहुन्छ ? अब ३५ प्रतिशत डाउन पेमेन्ट गरे पुग्छ,बाँकी ऋण पाईन्छ !

Kumari bank ad

काठमाडौ। व्यक्तिगत सवारी साधन लिदा अब ग्राहकले ३५ प्रतिशत मात्र डाउन पेमेन्ट गरे पुग्ने भएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरी व्यक्तिगत सवारी कर्जामा ६५ प्रतिशत कर्जा दिन पाउने व्यबस्था गरेसँगै बैंकका ग्राहकलाई सहज भएको हो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तिय संस्थाले व्यक्तिगत सवारी कर्जामा ६५ प्रतिशत मात्र कर्जा दिन पाउने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले गत आवको मध्यबधी समिक्षामार्फत सवारी मूल्यको आधारमा कर्जा सीमा ५० प्रतिशत तोकेको थियो । सो व्यवस्था अघि सवारीको मूल्यको ७० प्रतिशतसम्म कर्जा दिइरहेका बैंकहरुलाई राष्ट्र बैंकले पहिलो पटक सीमामा ल्याएर यो कर्जामा कडाई गरेको थियो ।

तर, ५० प्रतिशतको सीमाले सवारीको बिक्रीमा प्रभाव परेको भन्दै व्यवसायीहरुले सीमा घटाउन माग गरेपछि राष्ट्र बैंक लचिलो भएको थियो । व्यक्तिगत विद्युतीय सवारी साधानमा भने बैंकहरुले सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन पाउने छन् । त्यस्तै, कम्तिमा ४० सिट भएका सार्वजनिक सवारी साधन, निर्माणमा प्रयोग हुने, पर्यटन, शिक्षा, स्वास्थ्य र ढुवानीमा प्रयोग हुने सवारीमा भने यो सीमा नलाग्ने भएको छ ।

प्रकाशित मितिः २०७४ साउन ३२

वि.सं.२०७४ साउन ३२ बुधवार ११:१७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...