back
NMB ad

भदौ ९ गतेसम्ममा भर्नुहोस् १३०% हकप्रद,कहाँ–कहाँबाट भर्ने ?

Kumari bank ad

काठमाडौ । सप्तकोशी डेभलपमेन्ट बैंकले १३० प्रतिशत हकप्रद सेयर भर्ने समय थप गरेको छ । अब सेयरधनीले उक्त हकप्रदमा अब भदौ ९ गतेसम्म आवेदन दिन पाइनेछन् ।

पछिल्लो केही दिनयता लगातार रुपमा परेको अविरल वर्षाका कारण मुलुकभरको जनजीवन अस्तव्यस्त बन्न पुगेको भन्दै सेयरधनीहरुको विशेष अनुरोधमा हकप्रद भर्ने म्याद थपिएको बैंकले जनाएको छ ।

यसअघि बैंकले असार ३० गतेदेखि बिहीबार देखि भदौ १ गते सम्म १३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । सप्तकोशीले १ः१.३ अनुपातमा (प्रत्येक १ कित्ता बराबर थप १.३ कित्ता) १०० रुपैयाँ अंकित मूल्यको २७ लाख ४३ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । सप्तकोशीको उक्त हकप्रदमा असार १३ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सप्तकोशी डेभलपमेन्ट बैंकको मुख्य कार्यालय विराटनगर तथा यसका अधिकांश शाखा कार्यालय र एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट पनि यसमा आवेदन दिन सकिनेछ । त्यसैगरी, एनएमबि बैंकको देशभरका अधिकांश शाखा कार्यालयबाट पनि हकप्रदमा आवेदन दिन सकिनेछ । एनएमबि क्यापिटलबाट भने चेकमात्र बुझिलिने ब्यवस्था छ । सप्तकोशीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मितिः २०७४ साउन ३२

वि.सं.२०७४ साउन ३२ बुधवार ११:५४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...