back
NMB ad

वर्षाको आकाशको तारा,पुरै हेर्नुस् भिडियो

Kumari bank ad

काठमाडौ । भर्सटाइल गायिका वर्षा कर्माचार्यले केही दिन अघि मात्रै आफ्नै यू–ट्युव च्यानलमार्फत ‘आकाशको तारा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । पछिल्लो समय चलचित्र क्षेत्रमा निकै ब्यस्त संगीतकार हरकुलिश बस्नेतको शब्द तथा संगीत समावेश रहेको गीतको एरेञ्ज पनि हरकुलिशले नै गरेका छन् ।

धिरज अधिकारीको निर्देशन तथा सम्पादनमा बनेको म्युजिक भिडियोमा स्वयम् गायिका वर्षासँगै शिव गुरुङले फिचरिङ गरेका छन् । म्युजिक भिडियोमा मेकअप र कारियोग्राफी पनि गायिका वर्षाले नै गरेकी छन् । प्रकाश राईको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोमा गायिका वर्षाको गायनसँगै अभिनय पनि उत्कृष्ट छ ।Barsa Karmacharya1

२ वर्षअघि नेपाली गीत–संगीतलाई नियाल्दा युवा पुस्ताले रुचाएको एक गीत थियो ‘विस्तारै विस्तारै’ । यो गीतको सफलतासँगै वर्षा कर्माचार्यको नामको अगाडि थपिएको उप–नाम थियो, सफलगायिका वर्षा कर्माचार्य । उनै गायिका कर्माचार्यले नयाँ गीतसहित म्युजिक भिडियो ‘आकाशको तारा’ सार्वजनिक गरेकी हुन् ।

हाल अमेरिकामा रहेकी गायिका वर्षाले पहिलो गीत जस्तै यो गीतलाई पनि दर्शकले मन पराउने आशा गरेकी छन् । ‘म सधैं आफ्नो गीतमा दर्शकलाई केही फरकपन दिन खोज्छु । यो गीतमा पनि दर्शकलाई नयाँपन दिन खोजेकी छु,’ वर्षाले भनिन् ‘विदेशमा बसेर पनि नेपाल र नेपाली गीत/संगीतिक क्षेत्रलाई विश्वमा परिचित गराउने सोच बनाएकी छु ।’

प्रकाशित मितिः २०७४ भदौ १

वि.सं.२०७४ भदौ १ बिहीवार ११:२५ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...