back
NMB ad

भदौ १८ को मिति ख्याल गर्नुहोस् र दुई बैंकको हकप्रद भर्नुहोस्

Kumari bank ad

काठमाडौ । कावेली विकास बैंक लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडले भदौ १८ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । काबेलीले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा र सिन्धुले १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेका हुन् ।

काबेली विकास बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ५० लाख ४८ हजार रुपैयाँ बराबरको तीन लाख ५० हजार आठ सय ८० कित्ता सेयर निष्काशन गर्नेछ । उक्त सेयरमा साउन १९ गतेसम्म कायम सेयरधनीले असोज २१ गतेसम्म आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

ग्लोबल आइएमई क्यापिटल जमल, काबेली विकास बैंकका केन्द्रिय तथा शाखा कार्यालयहरु, ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु वीरगञ्ज, इटहरी, जनकपुर, चितवन, पोखरा, नेपालगंज, बुटवलमा हकप्रदका आवेदन दिन पाइनेछ ।

५० प्रतिशत हकप्रद बिक्रीपश्चात बैंकको चुक्तापूँजी करिब दश करोड ५० लाख रुपैयाँँ पुग्नेछ ।

यस्तै सिन्धु विकास बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २० करोड ९७ लाख ५४ हजार रुपैयाँ बराबरको २० लाख ९७ हजार ५ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गर्दैछ । उक्त सेयरमा भदौ ८ गतेसम्म कायम सेयरधनीले असोज २२ गतेसम्म आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

एनआईबीएल क्यापिटल, सिन्धु विकास बैंकको प्रधान कार्यालय बाह्रबिस सिन्धुपाल्चोक, कर्पोरेट कार्यालय बनेपा, शाखा कार्यालय बनेपा, मेलम्ची, खाडीचौर, दोललालघाट, मुडे, भकुण्डे, पाँचखाल तथा चरिकोट, बैंकिङ इकाई सिपाघाट काभ्रे र सुकुटे सिन्धुपाल्चोकबाट उक्त हकप्रदका लागि आवेदन दिन सकिनेछ । साथमा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय चिप्लेढुँगा पोखरा, विराटनगर, वीरगञ्ज, नारायाणघाट, बुटव, नेपालगञ्ज र धनगढीबाट पनि आवेदन दिन सकिने बताइएको छ ।

हकप्रद सेयर निष्काशनपछि सिन्धुको चुक्तापुँजी ४७ करोड १९ लाख ४६ हजार पाँच सय रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ भदौ १

वि.सं.२०७४ भदौ १ बिहीवार १३:३३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...