काठमाडौ। साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से २.९१ अंकले घटेर १६२९.७५ अंकमा पुगेको छ । यसदिन १६६ कम्पनीको ३२ लाख १५ हजार १ सय २८ कित्ता सेयर ७५ करोड रुपैयाँ भन्दा बढिमा किनबेच भयो ।
बजारमा बुधबार नेप्से ३ दशमलव ५ अंकले उकालो लागेको थियो । बुधबार कारोबारमा आएका १५८ कमपनीको १६ लाख ५४ हजार ९८३ कित्ता सेयर बाट ७१ करोड ४३ लाख रुपैंयाभन्दा बढिको कारोबार भएको थियो ।
कारोबारमा आएका बैकिङ र जलविद्युत समूहका सूचक उकालो लागेका छन् भने होटल, बिकास बैँक, फाइनान्स,वित्त, बीमा, उत्पादन समूह ओरालो लागेका छन् ।
प्रकाशित मितिः २०७४ भाद्र १
वि.सं.२०७४ भदौ १ बिहीवार १६:२७ मा प्रकाशित