स्टुडेण्टका लागि हेलो स्टुडेण्ट एजुकेशन कन्शल्टेन्सी खुल्यो

काठमाडौ। कन्शल्टेन्सीहरुको बिचमा एक फरक र सुविधा सहित सहज तरिकाले विदेश जान सकिने एक मात्र हेलो स्टुडेण्ट एजुकेशन कन्शलटेन्सी राजधानीको सोह्रखुट्टे चोकमा खुलेको छ । औपचारिक कार्यक्रमको उद्घाघाटन संचालक नारायण तिवारीले गरेका थिए ।

दक्ष र अनुभवी यूवा मिली बिदेश अध्ययन गर्न जान चाहने बिद्यार्थीको लागी सहि परामर्श दिने उद्देश्यले ‘हेलो स्टुडेण्ट एजुकेशन’ संचालनमा ल्याएको संचालक नारायण तिवारीले जानकारी दिएका छन् ।

यस कन्शलटेन्सीबाट अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया लगायतका देशमा अध्ययन गर्न जान चाहने बिद्यार्थीका लागि भाषासँगै विद्यायल र सम्बन्धित देशको सम्पूर्ण आधारभूत जानकारी पाईने कन्शलटेन्सीले जनाएको छ ।

बिदेशी मुलकका कलेजसँग सिधै सम्पर्क भएको यस कन्शलटेन्सीमा बर्षै देखी शैक्षिक क्षेत्रमा काम गरेका अनुभवी परामर्शदाता भएकोले अरु कन्शलटेन्सी भन्दा फरक तरिकाले बिद्यार्थीलाई सेवा दिने उद्देश्य सहित हेलो स्टुडेण्ट कन्शलटेन्सीका खोलिएको प्रमुख कार्यकारी अधिकृत इन्द्र शिलवालले बताए ।

‘नेपालमा कन्शलटेन्सीहरु धेरै भएता पनि सहज तरिकाले बिद्यार्थीहरु वबदेश जान नसकी राखेको अवस्थामा हामीले यथार्थ कुराहरु बिद्यार्थीहरुलाई बुझाई सहज तरिकाले भाषा सिकाई त्यहाँ जानको लागि सहज तरिकाले कागजपत्र बनाउनुको साथै विदेश गए पछि के कस्तो तरिकाले अध्यन गर्नुपर्छ ? र रोजगारीको लागि सम्मन्वयन गरी सम्पूर्ण बिद्यार्थीहरुलाई सुविधा दिने उदेश्यले खोलिएको निर्देशक सन्तोष बाराकोटीले बताए ।

hello student1

प्रकाशित मितिः २०७४ भदौ २

२०७४ भदौ २ गते १२:५५ मा प्रकाशित

You can share this post!

आइएमई लाइफ इस्योरेन्स कम्पनीको व्यवसाय शुभारम्भ

बाणिज्य बैंकको सेयरधनीलार्ई १६% बोनसको अवसर !

Related posts