काठमाडौ। पोखरा फाइनान्सले जारी गरेको एफपिओमा ७२ करोड ६० लाख रुपैयाँ बराबरको आवेदन परेको छ। ४८ हजार पाँच सय आवेदनबाट उक्त रकम बराबरको आवेदन परेको एनआइबिएल क्यापिटलले जानकारी दिएको छ।
फाइनान्सले एक सय रुपैयाँ फेस भ्यालुमा १२० रुपैयाँ प्रिमियम थप गरी २२० रुपैयाँमा एफपिओ जारी गरेको थियो। हिजोदेखि आवेदन बन्द भएको छ।
फाइनान्सले ९ लाख ८३ हजार छ सय ८२ कित्ता एफपिओ निष्कासन गरेको थियो। सर्वसाधारण लगानीकर्ताले एफपिओमा न्यूनतम १० कित्ता र अधिकतम ४ हजार ९०० कित्तासम्म आवेदन दिन पाउँथे। एफपिओमा आवेदन दिने सबै लगानीकर्ताले १० कित्ता शेयर पाउने निश्चित देखिएको छ। थप केही लगानीकर्ताले २० कित्तासम्म शेयर पाउने छन्।
एफपिओ जारी गरेसँगै फाइनान्सको चुक्ता पूँजीको संरचना संस्थापक शेयरधनीहरुको ५१ प्रतिशत र ४९ प्रतिशत सर्वसाधारणको हुनेछ ।
प्रकाशित मितिः २०७४ भदौ २
वि.सं.२०७४ भदौ २ शुक्रवार १४:०६ मा प्रकाशित