महान्यायाधिवक्तामा बसन्तराम भण्डारी

काठमाडौं । महान्यायाधिवक्ता बसन्तराम भण्डारीले पद तथा गोपनियताको सपथ लिएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शितल निवासमा आयोजित विशेष समारोहमा सपथ ग्रहण गरेका हुन ।

त्यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।

काठमाडौं महानगरपालिका २६ निवासी वरिष्ठ अधिवक्ता भण्डारीलाई सरकारले गत बुधबार महान्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । भण्डारीले आजै कार्यभार सम्हाल्ने तयारी गरेका छन् ।

सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधान्यायाधीश गोपाल पराजुली लगायतको पनि उपस्थिति थियो ।

प्रकाशित मितिः २०७४ भदौ २

२०७४ भदौ २ गते १५:०२ मा प्रकाशित

You can share this post!

मृत्युको मुखबाट बचेकी नोबेल पुरस्कार विजेता २० वर्षिय मलाला अक्सफोर्ड युनिभर्सिटिमा पढ्दै

बाढीका कारण हेटौँडा औद्योगिक क्षेत्रमा करिब दुई अर्बको नोक्सानी

Related posts