back
NMB ad

मृत्युको मुखबाट बचेकी नोबेल पुरस्कार विजेता २० वर्षिय मलाला अक्सफोर्ड युनिभर्सिटिमा पढ्दै

Kumari bank ad

काठमाडौ । मलाला युसूफजिईले ए– लेबलको रिजल्ट ल्याएपछि अक्सफोर्ड युनुभर्सिटीमा पढ्ने अवसर पाएकी छिन् । उनी नोबेल शान्ति पुरस्कार बीजेता हुन् ।

बिहिबार प्रकाशित भएको रिजल्टमा उनले ए –लेबलमा उर्तीण गरेपछि उनलाई सामाजिक सञ्जालमा बधाई दिनेको भिड लागेको छ । अब उनले विश्वकै एक उत्कृष्ट विश्वविद्यालय अक्सफोर्ड युनुभर्सिटीमा पढ्ने मौका पाउने भएकी छिन् । उनले लेडी मार्गरेट हलमा दर्शनशास्त्र, राजनीतिशास्त्र र अर्थशास्त्र पढ्ने अवसर पाउने भएकी हुन् ।

आखिर को हुन् मलाला ?

मलालाको बहादुरीको बारेमा थाहा नपाउने व्यक्ति कमै भेटिन्छन् । उनी हाल उमेरले २० वर्ष पुगिन् । सन् २०१२ को कुरो हो, उनले पाकिस्तानमा किशोरी शिक्षाको लागि आवाज उठाउँदा झण्डै तालिबान समूहले उनको हत्या प्रयास गरेका थिए ।

अब उनले पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोले जुन पाठ्यक्रम जुन युनिभर्सिटीमा अध्ययन गरेका थिए मलालाले पनि अब त्यही विषय त्यहि युनिभर्सिटीमा पढ्ने छिन् ।

मलालाले पाकिस्तानमा तालिवान शासनको बारेमा अज्ञात डायरी लेखेकी थिइन्। त्यही निहुँमा उनलाई स्कुलबाट घर फर्किरहेको बेलामा टाउकोमा गोलि हानि हत्या प्रयास गरिएको थियो । त्यतिबेला लडाकुहरुले उनका २ जना स्कुलका साथीहरुलाई घाइते पनि बनाए । तर उनी यस घटनाबाट बच्न सफल भईन र
विश्वव्यापी रुपमा परिचित भइन् ।

malala1 उनलाई गत अप्रिल महिनामा संयुक्त राष्ट्र संघले शान्तिको सन्देश फैलाउनेहरुमा सबैभन्दा कान्छी घोषित गरेको थियो ।

प्रकाशित मितिः २०७४ भदौ २

वि.सं.२०७४ भदौ २ शुक्रवार १५:०० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...