back
NMB ad

आयल निगमको जग्गा खरिदको बोलपत्रमै ठूलो चलखेल

Kumari bank ad

काठमाडौँ । नेपाल आयल निगमले जग्गा खरिदको बोलपत्र निकाल्दा ३ जग्गाधनीले बोलपत्र पेश गरे। त्यसमध्ये २ जनाको बोलपत्र मात्रै स्विकृत भयो। न्यूनतम दररेट प्रस्तुत गर्नेले प्रतिकट्ठा १३ लाख ५१ हजार रुपैंया प्रस्ताव गरेको थियो भने अर्कोले १६ लाख ३० हजार रुपैंया। मिलेमतोमा पेश गरिएको बोलपत्रलाई स्विकृत गरी २३ विगाहा ३ कट्ठा १३ धुर जग्गा झापामा खरिद भयो ।

न्यूनतम कबुल्नेसग १५ विगाहा १२ कट्ठा
सर्लाहीमा ४ वटा बोलपत्र पेश भएकोमा ३ वटामात्रै स्विकृत भयो। कतिसम्म मिलेमतो थियो भने ९ लाख ६१ हजार रुपैंया प्रतिकट्ठाका दरले जग्गा उपलब्ध गराउने सगै नजिक हुनेगरी अर्कोले ९ लाख ९५ हजार रुपैंयामा प्रस्ताव गरेको थियो। तेस्रो जग्गाधनीले भने १५ लाख ९५ हजार रुपैंयाको दर तोकेको थियो। झापामा झै सर्लाहीमा पनि न्यूनतम कबुल्नेसग १५ विगाहा १२ कट्ठा जग्गा खरिद भयो।

राज्य कोषमा ठूलो क्षति
‘सीमित जग्गाधनीबीच देखावटी प्रतिस्पर्धा गराउने, मिलेमतोमा दररेट हालेर प्रचलित बजार मूल्यभन्दा बढीमा जग्गा खरिद भएको छ,’ आयल नियम स्रोतले भन्यो, ‘सोझै जग्गा नकिनेर विचौलियाको प्रयोग गरिएकाले राज्य कोषमा ठूलो क्षति पुगेको छ।’ स्रोतको दावी अनुसार, आयल निगमलाई जग्गा बेच्ने जग्गाधनीले केही समय अघिमात्रै विभिन्न टुक्रा जग्गाहरु स्थानीय बासिन्दासग खरिद गरेका थिए। आयल नियमकै सीमित उच्च नेतृत्वको मिलेमतोमा खडा गरिएका त्यस्ता जग्गाधनीले निकै नाफा गरेको स्रोतले बतायो।

ठूलो चलखेल
आयल निगमले जग्गा खरिद गर्न गठन गरेको टिमले कुनै पनि ठाउमा २र३ भन्दाबढी बोलपत्र दर्ता गरेको छैन । त्यसमध्ये केही ठाउमा त्रुटीका कारण बोलपत्र रद्द भएका छन् । ‘सीमित प्रतिस्पर्धामा जग्गाधनी छानिएकाले ठूलो चलखेल भएको प्रष्ट हुन्छ,’ स्रोतले भन्यो ।

जग्गाधनीवीच तुलनात्मक अन्तर
चितवनमा दुई वटा जग्गाधनीले दर्ता गरेकै बोलपत्रका आधारमा खरिद भएको छ । १५ लाख ८५ हजार रुपैंयाका दरले २३ विगाहा १२ कट्ठा जग्गा खरिद भएको हो । भैरहवामा पनि १० लाख ९३ हजार रुपैंयामा १४ विगाहा ७ कट्ठा जग्गा खरिद भयो । सीमित प्रतिस्पर्धा भएको ठाउमा भने दररेट प्रस्ताव गर्ने जग्गाधनीवीच तुलनात्मक रुपमा अन्तर देखाइएको छ ।आजको कान्तिपुरमा खबर छ ।

प्रकाशित मितिः २०७४ भाद्र ३

वि.सं.२०७४ भदौ ३ शनिवार ०९:०६ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...