back
NMB ad

अब कसरी नेपाली भलिबलमा अझै तहल्का मच्चाउने भनेर सोच्दै

Kumari bank ad

काठमाडौं । नेपाली महिला भलिबलको चर्चित टोली न्यू डायमण्ड एकेडेमीले मुख्य प्रायोजनको रुपमा शिवम् सिमेन्टको साथ पाएको छ । नेपालको लोक प्रिय सिमेन्ट शिवम् सिमेन्टले नैकापको न्यू डायमण्ड एकेडेमी (एनडिए)लाई एक वर्षको लागि मुख्य प्रायोजनको सम्झौता गरेको हो ।volley ball 1
शनिबार भएको सम्झौता कार्यक्रममा शिवम् सिमेन्ट लिमिटेडका सेल्स एन्ड मार्केटिङ उपाध्यक्षसजन देवकोटा र न्यू डायमण्ड प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार शिवम् सिमेन्टले न्यू डायमण्डलाई एक वर्षका लागि ८ लाखनगद सहयोग गर्नेछ । त्यसमा न्यु डायमन्डले आयोजना गर्ने एउटा प्रतियोगितामा शिवम सिमेन्ट मुख्य प्रायोजकको रुपमा रहनेछ । सम्झौतासँगै न्यू डायमण्डले शिवम् न्यू डायमण्ड भलिबल टिमको नामबाट राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेल्नेछ भने खेलाडी तथा अफिसियलले शिवम् सिमेन्टको लोगो अंकित जर्सी लगाउनेछन् ।
नेपाली भलिबलकै इतिहासमा कुनै एउटा क्लबको लागियती रकममा सम्झौता भएको यो पहिलो पटक हो ।
सम्झौता पछि न्यू डायमण्डका प्रिन्सिपल समेत रहेका प्रशिक्षककुमार राईले भलिलबल टिमलाई थप अभिभारा थपिएको महसुस भएको बताए । लामो समयपछि नेपालको वम्बर वानसिमेन्टसँग न्यू डायमण्डले इतिहासमै पहिलो पटक वार्षिक सम्झौता गरेको छ। यसका लागि कम्पनीका सुरेन्द्रगोयललाई धन्यवाद।’ राइले थपे,
हामीलाई अझ राम्रो गर्ने चुनौती थपिएको छ । आजसम्म जस्तो खेलेका छौँ। त्यसमा दोब्बर राम्रो प्रदर्शन गर्ने र नेपाली भलिबलमा नयाँ आयामा थप्ने हाम्रो लक्ष्य छ।’ वार्षिक प्रायोजन पाएपछि उत्साहित हुँदै राईले भने। ’अब कसरी नेपाली भलिबलमा अझै तहल्का मच्चाउने भनेर सोच्न थालिसकेका छौँ । यस्तै आगामीदिनमा कसरी अगाडी बढ्ने र राम्रो प्रदर्शन गर्ने भनेर खेलाडी नानीहरुसँग समेत छलफल गरिरहेका छौँ।’
यस्तै शिवम् सिमेन्टकासजन देवकोटाले सिमेन्ट उत्पादनमा नो कम्प्रमाइज भने जस्तै खेलकुदमा पनि सामाजिक उत्तर दायित्वको रुपमा सहयोग गरेको र न्यू डायमण्डसँग जोडिन पाउदाअझै खुशीलागेको बताए।
खेलप्रेमिले हैसितयतले हामीले न्यू डायमण्डको खेल हेरिरहेका थियौं । एक जना साथिले हाम्रो नाराजस्तै न्यू डायमण्डका खेलाडीले पनि खेलमा कम्प्रमाइजनगरी लागेको भन्नुभयो र हामी पनि सिरियस भएर सोच्यौँ र खेलमा केहीगर्नु छ भने न्यू डायमण्डलाई नै गर्नुपर्छ भनेर सहकार्य गरेका हौँ।’
देवकोटाले शिवमले जिम्मेवारी उच्च स्तरक वसिमेन्ट उत्सादनगर्नु भए जस्तै न्यू डायमण्डको जिम्मेवारी उच्च स्तरको खेल पसुकनु भएको र दुवै पक्षकको जिम्मेवारी मिलेको प्रतिक्रिया दिए।
अहिले सम्म व्यापसायिकताकै कमीले गर्दा नेपाली भलिबल अगाडी बढ्न नसकेको उदाहरण दिदै देवकोटाले अब खेलकुदमा पनि व्यावसायीहरुले लगानीगर्न थालेको र व्यावसयीकता भित्रेपछि मात्र खेलकुद राम्रोसँग अगाडी बढ्ने बताए।
उनले म्याराथन समेत पहिलो पाइलाबाटै अगाडी बढ्ने उदाहरण दिदै भलिबलमा पनि विस्तारै सहयोग बढाउदै लैजाने बताए। सुरुवात नै ठूलो कुरा हो। खेल राम्रो भएपछि अरुले पनि सहयोग गर्दै जानेछन् र यो रकममापनि बृद्धि हुँदै जानेछ।’
यस्तै नेपाल भलिबल संघका उपाध्यक्ष रन्जन खड्का र महासचिव जितेन्द्र बहादुर चन्दले नेपाली भलिलबलको लागि यो सम्झँैताले निकै महत्व राख्ने बताए।
उपाध्यक्ष खड्काले ६र७वर्ष अगाडी न्यू डायमण्डमा खेल हेर्न जाँदा निकै दुखको अवस्था रहेको स्मरण गर्दै आजको दिन सम्म ल्याइपुर्याउन प्रशिक्षक कुमार राईको ठूलो मेहनत रहेको बताए।
उनले देशलाई चिनाउने माध्यम खेलकुद नै भएको र सामाजिक उत्तरदायित्वका रुपमा व्यावसायीहरुले खेलकुदमा प्रायोजन गरेको बताए।
यस्तै नेपालभलिबल संघका महासचिव चन्दले नेपाली भलिबलमा अब राम्रो दिन सुरु भएकव र राम्रो खेल्यो भने प्रायोजक पनि आँफै आउने बताए।
प्रशिक्षककुमार राईले अब छिट्दै राष्ट्रिय स्तरको खुला महिला भलिबलको मिति तोकेर भव्य रुपमा भलिबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिए।
प्रकाशित मितिः २०७४ भाद्र ३

वि.सं.२०७४ भदौ ३ शनिवार १६:०३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...