राप्रपाले संविधान संशोधनको विपक्षमा मतदान गर्ने

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । हेटौंडामा बसेको कमल थापा नेतृत्वको राप्रपाले संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

संशोधन प्रस्तावले मधेसको समस्या समाधान गर्न नसक्ने, तथा हिन्दु राष्ट्रबारे आफूहरुले राखेको संशोधन अघि नबढाएको भन्दै राप्रपाले संशोधन विधेयकको विपक्षमा बस्ने निर्णय गरेको हो । राप्रपाले सरकारमा पनि सहभागी नहुने पनि स्पष्ट पारेको छ ।

संसदमा संविधान संशोधन विधेयकमाथि दफावार छलफल चलिरहेको छ । सोमबार निर्णयार्थ पेश गर्ने तयारी छ । तर, राप्रपाले समर्थन फिर्ता लिएपछि विधेयकको पक्षमा दुई तिहाई बहुमत नपुग्ने भएको छ ।

प्रकाशित मितिः २०७४ भदौ ४

२०७४ भदौ ४ गते १६:३२ मा प्रकाशित

You can share this post!

बैंकको १०० रुपैंया अंकित करोडौंको सेयर खुल्यो,आवेदन दिने ठाउँ जान्नुहोस् !

महिलालाई कुटपिट गरेको आरोपपछि कांग्रेसका एक मन्त्रीले दिए राजीनामा

Related posts