back
NMB ad

विश्वज्योती मलमा सुरु भयो फेस्टिभ कार्निभल,५०% सम्म छुट

Kumari bank ad

काठमाडौ । राजधानीको मुटु जमलमा रहेको विश्वज्योतीमलमाफेस्टिभ कार्निभल सुरु भएको छ । नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गरी मलले भदौ आठ गते बिहीबारदेखि कार्निभल सुरु गरेको हो । कार्निभल अवधिभर विश्वज्योति मलमा सामान खरिद गर्ने सेवाग्राहीले ५० प्रतिशतसम्मको छुट पाउने छन् ।

भदौ २० गतेसम्मचल्ने कार्निभल अवधिमा प्रवेश गर्ने बित्तकै मलले निशुल्क कुपन बितरण गर्ने जनाएको छ । उक्त कुपनबाट मल पुग्ने जो कोहीले पनि गोलाप्रथाबाट साप्ताहिक रुपमा मोबाइल फोन, दैनिक रुपमा सपिङ भौचर तथा लञ्च कुपनका साथै अन्य आकर्षक उपहारहरु प्राप्त गर्न सक्ने छन् । त्यसै गरी लाइभ म्युजिक, फेशन शो तथा गेम शो कार्निभलको आकर्षणका रुपमा रहने छन् । खाने प्रतियोगिता समेत सञ्चालन हुने कार्निभलमा आईसक्रिम, मम तथा बर्गर खाने प्रतियोगिता पनि सञ्चालन हुनेछ ।

निशुल्क फेस पेन्टिङ, जादु प्रदर्शन तथा हास्य व्यङ्ग्य प्रदर्शनी समेत हुने कार्निभलमा पुरानो मोबाइल सँग नयाँ मोबाइल साट्न पाइने कार्निभलका संयोजक हिरामणि तिमल्सिनाले जानकारी दिए । कै छाना मुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्रीबितरण गर्ने लक्ष्यका मलको तेस्रो तल्लामा विश्वज्योती मोबाइल मार्ट यस अघि नै सञ्चालनमा आएको छ । यसका साथै मलमा पुरुषका लागि ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानका पसल रहेका छन् । साथै, डिपार्टमेण्टल स्टोर, कफी शप लगायतका ४० भन्दा बढीसंख्यामा स्तरीय स्टोरहरु मलमा सञ्चालनमा रहेका छन् ।

प्रकाशित मितिः २०७४ भदौ ८

वि.सं.२०७४ भदौ ८ बिहीवार १५:३५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...