५% बोनसपछि १००% हकप्रद पाउने भए लगानीकर्ताले बुक क्लोजको यो मिति पढ्नुहोस् !

काठमाडौ । नेपाल इन्सुरेन्स कम्पनीको ६७ र ६८ औं वार्षिक साधारण सभा भदौ ३० गते हुने भएको छ । सभामा कम्पनीले ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदैछ । बोनसमा लाग्ने कर तिर्न ७ लाख ५६ हजार ८६४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गर्ने भएको छ । यसैगरी कम्पनीले चुक्ता पुँजी बृद्धि गर्न बोनस सेयरपश्चात कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अर्को विशेष प्रस्ताव पनि साधारण सभामा पेश गर्दैछ ।

कम्पनीको हालको चुक्ता पूँजी २८ करोड ७६ लाख रुपैयाँ रहेको छ। ५ प्रतिशत बोनस शेयर दिएसँगै चुक्ता पूँजी ३० करोड १९ लाख रुपैयाँ पुग्नेछ। त्यसपश्चात शतप्रतिशत हकप्रद जारी गर्दा कम्पनीको पूँजी ६० करोड ४० लाखको हाराहारीमा पुग्नेछ ।

साधारण सभा गर्न यस इन्सुरेन्सले भदौ १६ देखि ३० गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्नेछ ।

प्रकाशित मितिः २०७४ भदौ ९

२०७४ भदौ ९ गते १३:१४ मा प्रकाशित

You can share this post!

मेसी र बुफोनलाई पछि पार्दै युएफा वर्ष खेलाडीको अवार्ड रोनाल्डोको हातमा

दूधकोशी यातायातले उठाएको भाडाको दश प्रतिशत बाढीपीडितलाई दिने

Related posts