back
NMB ad

मेसिन खरिदमा व्यापक अनियमितता भएको भन्दै अख्तियारले थाल्यो छानबिन !

Kumari bank ad

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्रण विभागमा छपाइ मेसिन खरिद गर्दा अनियमितता भएको भन्दै छानबिन अघि बढाएको छ। डिजिटल प्रिन्टिङ मेसिन खरिदमा तोकेबमोजिमको मापदण्ड नभएको उजुरी परेपछि अख्तियारले सबै विवरण पठाउन निर्देशन दिएको हो।

श्रेष्ठ एन्ड अमृत ट्रेर्डस कम्पनीले सप्लाई गरेको रिको ब्राण्डको मेसिनको बजार मूल्य १८ देखि २० लाख पर्ने भए पनि हाल त्यसको मूल्य ६८ लाख बराबरको कायम गरी बिल पेश गरेपछि अख्तियारमा उजुरी परेको थियो। अख्तियारले असार २६ मा परेको उजुरीलाई छानबिनका लागि भन्दै खरिद गरिएको गरी,मेसिनको अवस्था तथा त्यसको सञ्चालन खर्चसमेत सबै विवरण उल्लेख गरी पठाउन निर्देशन दिएको छ। अख्तियारका अनुसार २०७३ साल चैतमा पनि प्रिन्टिङ टोनर, मसी तथा कागज सप्लाइमा अत्याधिक खर्च बढेको तथा सप्लाई गर्ने कम्पनीबाट टेन्डर नै नगरी कोटेसनका आधारमा सप्लाई गरेको भन्दै अख्तियारले सचेतसमेत गराएको थियो।

हाल विभागमा बलभद्र गिरी महानिर्देशकका रूपमा कार्यरत रहेका छन् । अख्तियारले गिरी र भण्डारण अधिकृत दीपक पोखरेलको नाममा समेत सो विषयमा लिखित जवाफ पेश गर्न सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशनसमेत दिएको थियो। अख्तियारको उक्त ताकेतापछि मन्त्रालयले शाखा अधिकृत सुरेशबाबु घिमिरेको नेतृत्वमा छानविन गर्न टोलिसमेत बनाएको छ। रिको ब्राण्डको मेसिन खरिद गरेपछि नेपालमै त्यसको तालिम लिन सकिने व्यवस्था भए पनि त्यहाँका दुई कर्मचारीलाई तालिमका लागि भन्दै विभागले सिंगापुरसमेत पठाएको थियो।

अहिलेसम्म सो मेसिन सञ्चालनमा ल्याइएको छैन। अख्तियारले प्रश्न उठाएपछि मेसिन नै फिर्ता गर्ने कि भन्ने मनस्थितिमा मुद्रण विभागका महानिर्देशक गिरी र भण्डार विभागका अधिकृत पोखरेल पुगेको विभाग स्रोतले जानकारी दिएको छ।

भण्डारण अधिकृत पोखरेलले विभागको मापदण्डअनुसारको मेसिन नआएकाले सञ्चालनमा नल्याएको बताए । अधिकृत पोखरेलले मेसिन नै अहिलेसम्म आएको छैन। मेसिन दिने कम्पनीले २ महिना समय माग गरेकाले समय दिएको र विभाग कै मान्छेले अख्यिारमा उजुरी हालेर चरित्र हत्या गर्न खोजेको बताए ।

उनका अनुसार ए थ्रि साइजको २ हजार सिट पेपर अट्ने ट्रे हुनपर्ने मापदण्ड थियो तर त्यो पूरा भएन कम्पनीले उक्त सर्त पूरा गरेपछि मात्रै विभागले मेसिन सञ्चालनमा ल्याउने उनको जवाफ थियो। साथै मुद्रण विभागलाई आवश्यक पर्ने कागज मसि टोनर आदि खरिद गरिँदासमेत आवश्यक प्रकृया पूरा नगरी ब्यापारीसंगको मिलेमतोमा कागजी प्रकृया मिलाइ लिने गरिएको समेत खुलेको छ।

लामो समयदेखि विभागमा स्वस्तिक इन्टरप्राइजेज र चण्डीको इन्टरप्राइजेजबाट कागज खरिद हुँदै आएको छ। सो कागज खरिदमा पनि अनियमितता भएको भन्दै अख्तियारले प्रश्न उठाएको छ। नेपाल समाचारपत्र दैनिकबाट

प्रकाशित मितिः २०७४ भदौ ९

वि.सं.२०७४ भदौ ९ शुक्रवार १४:१८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...