back
NMB ad

उत्तर कोरियाको क्षेप्यास्त्र जापानी आकाशको समुद्रमा खस्यो:जापानमा उच्च सतर्कता

Kumari bank ad

उत्तर कोरियाले जापानको होकाइदोको आकाशमाथिबाट क्षेप्यास्त्र प्रक्षेपण गरेपछि जापानमा उच्च सतर्कता कायम गरिएको छ । मंगलबार बिहानै होकाइदोका सम्पूर्ण रेल स्टेशनहरुमा सेवा स्थगन गर्न सूचना प्राप्त भएको थियो ।

करिव २ मिलियन यात्रुको यात्रा क्षेप्यास्त्र प्रक्षेपणका कारण स्थगन भएको थियो । सापोरा सब वेका प्रवक्ताले एएफपिलाई दिएको जानकारी अनुसार केही यात्रीहरुले सब वे स्टेशनमै आश्रय लिएका थिए भने अन्यसंग केही विकल्प नहुँदा क्षेप्यास्त्र प्रक्षेपण भएको दक्षिणी होकाइदो हुँदै आफ्नो निर्धारित कार्यतालिकामा जान बाध्य भएका थिए ।

एक स्थानीय माछापालनका हिरोयुकी इवाफुनेले एएफपीलार्इ यस्तो घटना कहिल्यै नभएको र यसबाट आफू आश्चर्यचकित भएको बताए । उनले भने सकैले यस्तै अनुभव गरे र यस्तो अवस्थामा भाग्न वा लुक्न पनि कहाँ जाने ?

क्षेप्यास्त्र प्रक्षेपण भएको स्थानबाट ७०० किमि पर टोकियोमा पनि रेल सेवा केही समयका लागि स्थगित भएको थियो । टोकियोमा बुलेट ट्रेन स्थगन भएपछि जापानी आकाशमा उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपित भएको घोषणा गरिएको थियो । साथै यो निकै खतरापूर्ण अवस्था भएको र सबैलाई सुरक्षित स्थान अथवा रेलभित्रै आश्रय लिन भनिएको थियो ।

टोकियो विश्वविद्यालयकी १८ वर्षिया विद्यार्थी जुलिया कोताकेले एएफपीसंग क्षेप्यास्त्र जापानमा खस्नसक्ने सम्भावनालाइ मध्यनजर गर्दै आफु निकै त्रसित भएको तर यस्तो अवस्था आफुले केही गर्न नसकिने प्रतिक्रिया दिएकी थिइन् ।

टोकियोस्थित अमेरिकी सैन्य आधार शिबिरबाट जापानले योजना गरिएअनुसार क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली प्याट्रियोट एड्भान्सड् क्यापाबिलिटी– ३ ९पिएसी– ३० प्रक्षेपण गरिएको थियो । यस्तो अभ्यासबाट ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको अवस्थामा आफ्नो प्रतिक्रिया प्रणाली सुदृढ हुने जापानी अवाइ सुरक्षा बलका कमान्डर हिरावकी माइहाराले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

प्रकाशित मितिः २०७४ भदौ १३

वि.सं.२०७४ भदौ १३ मंगलवार १४:५० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...