back
NMB ad

नाडा अटो शो सुरु

Kumari bank ad

काठमाडौ। नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालको आयोजनामा आज मंगलबारदेखि काठमाडौमा नाडा अटो शो सुरू भएको छ । १२ औं नाडा अटो(शोमा विभिन्न ४१ वटा ब्राण्डका सवारी साधन राखिने छन् ।

हुण्डाई, टाटा, फोर्ड, होन्डा, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन, लगायतका १६ वटा ब्राण्डका चार पांग्रे, बजाज, यामाहा, हिरो, होन्डा, टिभीएस लगायतका १९ वटा ब्राण्डका दुई पांग्रे र टाटा, अशोक लेल्याण्ड, महिन्द्रा लगायतका ६ वटा ब्राण्डका हेवी कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिने नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठले जानकारी दिए । उनकाअनुसार सवारी साधनको प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुब्रिकेण्टसका पनि स्टल राखिने छन् ।

नाडाले दशैं आउनुभन्दा झण्डै महिना दिन अगाडि गर्न लागिएको अटो शोमा सवारीका नयाँ मोडलहरु सार्वजनिक गरिने छ । मेलामा खरिदकर्ताहरुलाई विभिन्न छुट र उपहार दिइनेछ ।

मेलामा अवलोकन गर्नेमध्येबाट एकजना भाग्यशाली विजेतालाई युमको रेनिगेड कमाण्डो २३० बाइक पनि प्रदान गरिने छ। ८७ वटा वटा संस्थाकास्टल रहने प्रदर्शनीलाई ५० हजार दर्शकले अवलोकन गर्ने नाडाको अनुमान छ । प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको सहभागिता रहने छ । जसमा नेपालमै उत्पादित सामाग्रीहरू समेत रहने छन् ।

अवलोकनकर्ताहरूको सुविधाका लागि २ पाङग्रे, ४ पांग्रे, कमर्सियल गाडीहरू तथा वित्तिय संस्थाहरूको छुट्टा छुट्टै ठाँउहरू निर्धारण गरिएको श्रेष्ठले बताए । ९० वटा संस्थाका १३० वटा स्टल मेलामा रहनेछन् ।

मेलाबाट उठेको रकममध्ये ५ लाख रुपैयाँ बाढीपीडितको सहयोगका लागि उपलब्ध गराउने अध्यक्ष श्रेष्ठले बताए । मेला १८ गतेसम्म चल्नेछ ।

प्रकाशित मितिः २०७४ भदौ १३

वि.सं.२०७४ भदौ १३ मंगलवार १५:४३ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...