back
NMB ad

सराङ्गकोट पर्यटन महोत्सवको पूर्वसन्ध्यामा आयोजित पर्यटन दौडको उपाधि रोशन गुरुङलाई

Kumari bank ad

आगामी भदौ १६ गतेदेखि २५ गतेसम्म आयोजना हुन गईरहेको सराङ्गकोट पर्यटन महोत्सवको पूर्वसन्ध्यामा आयोजना गरिएको मिनी म्याराथुन सम्पन्न भएको छ । दश किलोमिटर मिनी म्याराथुन लमजुङका रोशन गुरुङले जितेका छन् ।

त्यस्तै पोखरा मिरुवाका संदिप विक दोस्रो तथा सिम्पानी पोखराका सरोज थापा तेस्रो स्थान भए । दश किलोमिटर पर्यटन दौड पहिलो हुने गुरुङले ३७ मिनेट ४८ सेकेण्डमा पुरा गरेका थिए । त्यस्तै दोस्रो र तेस्रो हुने विक र थापाले क्रमश ३८ मिनेट ३० सेकेण्ड तथा ३९ मिनेट ४० सेकेण्डमा पुरा गरेका थिए ।

मिनी म्याराथुनको विजेताले दश हजार नगद पुरस्कार र प्याराग्लाईडिङको टिकट जितेका छन । दोस्रो हुनेले नगद सात हजार र जिप फ्लायरको टिकट पाएका छन भने तेस्रो हुनेले नगद पाँच हजार जितेका छन । त्यस्तै सान्त्वना स्थान प्राप्त गर्ने तीन जनालाई एक हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न आयोजना गरिएको सराङ्गकोट पर्यटन महत्सवको प्रचारप्रसारका लागि महोत्सवको पूर्वसन्ध्यामा मिनी म्याराथुन आयोजना गरिएको हो । पर्यटन दौडमा ७८ जना स्वेदेशी तथा पाँच जना विदेशीले सहभागिता जनाएका थिए ।

मिनी म्याराथुन पोखरा बागलुङ्ग बसपार्कदेखि सराङ्गकोट टपमा पुगेर सम्पन्न भएको थियो ।

प्रकाशित मितिः २०७४ भदौ १४

वि.सं.२०७४ भदौ १४ बुधवार १२:२० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...