back
NMB ad

प्रधानमन्त्री देउवाबाटै निर्वाचन आचारसंहिताको उल्लंघन !

Kumari bank ad

काठमाडौ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आचारसंहिता लागू गरेकै भोलिपल्ट प्रधानमन्त्री शेरवहादुर देउवा आचारसंहिता विपरित महाकाली नदीको पुल उद्घाटन गर्न कन्चनपुर पुगेका छन् । आयोगले बुधबार रातिदेखि निर्वाचन आचारसहिता लागू गरेको छ ।

प्रधानमन्त्री देउवाले महाकाली नदीमा बन्न लागेको ४ लेनको पुल शिलान्यास गर्दैछन् । उनी बुधवारै धनगढी पुगेका थिए । निर्वाचन आयोगका नवनिवयुक्तः प्रवक्ता नवराज ढकालले पूर्व निर्धारित कार्यक्रमको बारेमा सम्भवतः आयुक्त तहमा प्रधानमन्त्री कार्यालयले सहमति लिएको हुनसक्ने बताए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले निर्वाचन आयोगले आचारसंहिता लागू गर्नुअघि नै प्रधानमन्त्री शिलान्यासकै लागि धनगढी पुगिसकेको बताए । उनले पूर्वनिर्धारित कार्यक्रम भए पनि निर्वाचन आयोगको सहमति लिएर पुल शिलान्यास गर्न लागिएको बताए ।

निर्वाचन आचारसंहिता लागू भएपछि पूर्वनिर्धारित कार्यक्रमहरुमा पनि प्रधानमन्त्री र मन्त्रीले आचारसंहिता विपरित उद्घाटन र शिलान्यास गर्न पाइँदैन । निर्वाचन आचारसंहिताअनुसार नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहले कुनै पनि योजनाको शिलान्याश, उद्घाटन गर्ने, सर्वेक्षण तथा अध्ययन गर्ने तथा अनुदान दिने जस्ता कार्यक्रम गर्न गराउन पाइँदैन ।

प्रकाशित मितिः२०७४ भदौ १५

वि.सं.२०७४ भदौ १५ बिहीवार १२:२५ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...