विश्व कप युरोपियन छनोट अन्तर्गत फरो आइसल्याण्डसँगको खेलमा ह्याट्रिक गरेसँगै पोर्चुगल स्टार क्रिष्टियानो रोनाल्डोले ब्राजिलका पेलेको रेकर्ड तोडेका छन् । रोनाल्डोले पोर्चुगलबाट ७८ गोल गरेका हुन् । पेलेले ब्राजिलबाट ७७ गोल गरेका थिए । रोनाल्डोको ह्याट्रिकको मद्धतमा पोर्चुगल ५–१ गोलले विजयी भएको हो ।
पेलेले ९२ खेलमा ७७ गोल गरेका थिए । उनको रेकर्ड तोडेका रोनाल्डोले १ सय ४४ खेलमा ७८ गोल गरेका हुन् । रोनाल्डोले पोर्चुगलका लागि गरेको यो पाँचौ ह्याट्रिक हो । क्लब म्याचमा उनले ४३ पटक ह्याट्रिक गरेका छन् ।
प्रकाशित मितिः२०७४ भदौ १६
वि.सं.२०७४ भदौ १६ शुक्रवार ०७:४६ मा प्रकाशित