back
NMB ad

पल्सर स्पोर्ट्स अवार्डका लागि किरण र शरद मनोनयनमा

Kumari bank ad

काठमाडौ। पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट खेलाडीको मनोनयनमा किरण चेम्जोङ र शरद भेषवाकर परेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । पुरुषतर्फ राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ, क्रिकेटर शरद भेषवाकर, ब्याड्मिन्टनका रत्नजीत तामाङ, भलिबलका मानबहादुर श्रेष्ठ र एथ्लेटिक्सका सोमबहादुर कुमाल परेका छन् ।

महिलातर्फ फुटबलकी सावित्री भण्डारी, एथ्लेटिक्सकी कान्छिमाया कोजु, आर्चरीकी ज्ञानु अवाले, एथ्लेटिक्सकी सरस्वती भट्टरार्इ र बाड्मिन्टनकी नङशलादेवी तामाङ उत्कृष्ट खेलाडीको मनोनयनमा परेकी छन् । कान्छिमाया कोजु पिपुल्स च्वाइस अवार्डको मनोनयनमा समेत छिन् ।

उत्कृष्टको मनोनयनमा परेका रत्नजीत र नङशल दिदी भाइ हुन् । वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा फुटबलका अनन्त तामाङ, भलिबलकी प्रतिभा माली, भारत्तोलनकी प्रतिभा माली, जुडोकी मनिता श्रेष्ठ प्रधान र क्रिकेटका दीपेन्द्रसिंह एेरी परेका छन् । एेरी पिपुल्स च्वाइस अवार्डमा पनि मनोनयनमा छन् ।

यस्तै उत्कृष्ट प्रशिक्षकको मनोनयनमा फुटबलका मेघराज केसी, ब्याडमिन्टनका किरण थापा, क्रिकेटका जगत टमाटा, फुटबलका ग्योतोकु कोजी र एथ्लेटिक्सका पुष्पराज ओझा छन् । वर्षको उत्कृष्ट पुरूष, महिला र प्रशिक्षकले पुरस्कारस्वरूप पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् । उत्कृष्ठ युवा खेलाडीले ५० हजार पुरस्कार पाउनेछन् ।

१४औं संस्करणको पल्सर स्पोर्टस अवार्ड आगामी भदौ २६ गते प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ ।
वर्षका उत्कृष्ट पुरूष खेलाडी, महिला खेलाडी, युवा खेलाडी र प्रशिक्षक तथा पिपुल्स च्वाइस अवार्ड, उत्कृष्ट पाराएथ्लिट अवार्ड, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड गरी आठ बिधामा अवार्ड बितरण हुनेछ ।

प्रकाशित मितिः२०७४ भदौ १९

वि.सं.२०७४ भदौ १९ सोमवार १४:५७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...