back
NMB ad

दशैंमा बस टिकट लगायतमा यात्रुमाथि कालाबजारी गर्नेलाई प्रहरीले कडा कारबाही गर्ने

Kumari bank ad

काठमाडौ। महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजको संयुक्त सहभागितामा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ । सरकारले दशैँमा घर जान लामो तथा मझौला दूरीका यात्राका लागि भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेसँगै महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजले काठमाडौ उपत्यकाको १२ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्न लागेका हुन् ।

उपत्यकाको नागढुङ्गा, कलङ्की, स्वयम्भू, नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, चावहिल, तिलगंगा, कोटेश्वर, जगाती, लगनखेल र बल्खुमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएका छन् ।
महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुको सहजताका लागि ट्राफिक प्रहरी, जनपथ प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजका प्रतिनिधि रहने गरी यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको जानकारी दिए। “यात्रुहरु सहज रुपमा घर जानका लागि यात्रु सहायता कक्ष स्थापना गरेका हौँ,” प्रमुख खनालले भने।

उनले बसको क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुलाई गन्तव्यसम्म नपु¥याई बीच बाटोमा अलपत्र पारेर छाड्ने, बढी भाडा लिने, टिकट कालोबजारी गर्नेलगायत काम गरेमा कारबाही गरिने बताए। तर यातायात व्यवसायीले भने सामान लैजानका लागि छतको व्यवस्था हुनुपर्ने र सवारीसाधन गुड्नका लागि बाटो राम्रो बनाउन सरकारलाई पटकपटक आग्रह गरेका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला चाडवाडमा घर जाने यात्रुको सामान धेरै हुने र राख्ने ठाउँ नहुँदा यातायात सञ्चालन गर्न समस्या हुने बताउँछन्।रासस

फाईल फोटो

प्रकाशित मितिः २०७४ भदौ २२

वि.सं.२०७४ भदौ २२ बिहीवार १४:०९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...