back
NMB ad

नराम्रो काम गर्नेलाई दण्डित गर्ने पर्यटन मन्त्री देवको भनाई

Kumari bank ad

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले सबै क्षेत्रलाई समेट्ने पर्यटन नीतिको खाँचो रहेको बताएका छन्।

मन्त्री देवले आज मन्त्रालयमा पदबहाली गर्दै संस्कृति, पर्यटन र नागरिक उड्डयनका क्षेत्रमा गर्न बाँकी रहेका कामलाई पूरा गर्न कर्मचारीलाई निर्देशन दिए।

उनले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रको विकासका लागि दुई महिनासम्म गर्ने कामको कार्ययोजना एक हप्ताभित्र आफूलाई दिन कर्मचारीसँग आग्रह गरे। म शुरुमा दुई महिनाको कार्ययोजनाअनुसारको काम हेर्छु, राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्डित गर्छु”(मन्त्री देवले भने।
मन्त्री देवले मुलुकमा कैयौँ सांस्कृतिक, पर्यटकीय र ऐतिहासिक महत्व भएका स्थान हुँदाहुँदै पनि ओझेलमा परेको भन्दै यसको उपयोगका लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने खाँचो औँल्याए। ुसरकारी काम कहिले जाला घाम भन्ने प्रवृत्तिको अन्त्य भएमा मात्रै देशको विकास हुन्छ”–उनले भने।
उनले मन्त्री र कर्मचारी ‘एक रथका दुई पाङ्ग्राु भएको र देशको प्रगतिका लागि मन्त्री र कर्मचारी एकसाथ रहनुपर्नेमा जोड दिए। पदबहालीका क्रममा मन्त्री देवले पर्यटन नीति तर्जुमा कार्यदल गठनसम्बन्धी पत्रमा हस्ताक्षर गरेका थिए।
मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले पहिला पनि पर्यटन मन्त्रालयमा काम गरेको अनुभव मन्त्री देवसँग भएको भन्दै उनको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो। रासस
प्रकाशित मितिः२०७४ भाद्र २३

वि.सं.२०७४ भदौ २३ शुक्रवार १६:२७ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...