back
NMB ad

यसरी बाहिरिए नेपाल आइडलबाट सागर आले, को हुन् सागर आले ?

Kumari bank ad

काठमाडौं । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपालको चर्चित रियालिटी शो नेपाल आइडलबाट चितवनका सागर आले आउट भएका छन् ।
आलेको टप–४ बाटै नेपाल आइडलको यात्रा समाप्त भएको हो । आलेलाई कार्यक्रमा काले–काले मिलेर खाउँ भाले, आउँदैछन् सागर आले भनेर पर्फमेन्सका लागि बोलाउने गरिएको थियो । गत हप्ता भएको कार्यक्रमको भोटको आधारमा सागर आउट भएका हुन् । नेपाल आइडलको ग्राण्ड फिनालेमा निशान भट्टराई, बुद्ध लामा र प्रताप दास पुगेका छन् ।

ग्राण्ड फिनाले कतारको राजधानी दोहामा सेप्टेम्बर २२ अर्थात असोज ६ गते हुँदैछ । त्यहीबाट नेपालले प्रथम नेपाल आइडल पाउँदैछ ।
नेपाल आइडलले महिन्द्राको कारसँगै २० लाख नगद पुरस्कार पाउनेछ । त्यस्तै फस्ट रनअरअपले १५ लाख र सेकेण्ड रनअरअपले १० लाख नगद पुरस्कार पाउँदैछन् ।

दोहामा हुने ग्राण्ड फिनालेको तयारी तिब्र भएको छ । ग्राण्ड फिनालेका लागि कलाकारहरुको टुंगो समेत लागेको छ ।
नेपाल आइडलको अफिसियल फेसबुक पेजमा राखिएको सूचना अनुसार नारद खतिवडा, नलिना चित्रकार, हेमन्त राना, र तेरिया मगर दोहाको कार्यक्रममा हुनेछन् । त्यस्तै नेपाल आइडलका टप–१२ प्रतिस्पर्धी समेत हुनेछन् ।

को हुन् सागर आले र ?

sagar ale 2

प्लस टु गरेका सागर आले मगरले नेपाल आइडलमा उत्कृष्ट ४ सम्मको यात्रा तय गरे भने यहीबाट नेपाल आइडलको उनको यात्रा समाप्त भएको छ । चितवनका २० वर्षीय मगर सबै प्रकारका गीत सुन्न र गाउन मन पराउँछन् ।
अहिलेसम्म औपचारिक रूपमा संगीत नसिके पनि उनको गायन कौशल र स्वर लोभलाग्दो थियो । नेपाल आइडलमा आएर आफूले संगीतसम्बन्धी धेरै कुरा सिकेको उनको भनाइ छ ।
उनी भन्छन्– परिवारमा सांगीतिक वातावरण भएकाले यस क्षेत्रमा आकर्षित भएको हुँ । सागरले नेपाल आइडलका लागि नारायणगढबाट अडिसन दिएका थिए ।

सबै प्रकारका गीत सुन्न र गाउन रुचाउने सागर आलेमगरलाई नारायण गोपाल, ज्ञानु राणा, तारा थापा, भक्तराज आचार्य एवं एड्रियन प्रधानको स्वर मन पर्छ । नेपाल आइडलको अन्तिम चरणसम्म पुग्नेमा आशावादी बनेका आले कम भोटका आधारमा आज बाहिरिएका हुन् ।

 

 

 

२३ भदौ २०७४

वि.सं.२०७४ भदौ २३ शुक्रवार २२:२१ मा प्रकाशित

You can share this post!

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...