back
NMB ad

बंगलादेशमा एमबीबीएसका दुई सय नेपाली विद्यार्थी अलपत्र

Kumari bank ad

काठमाडौं । एमबीबीएस अध्ययन गर्न बंगलादेश गएका झन्डै दुई सय नेपाली विद्यार्थी अलपत्र परेका छन् । अलपत्र विद्यार्थीको उद्दारका लागि समन्वय गरिदिन भन्दै बंगलादेशस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखालाई पत्र पठाएको छ ।

नेपालबाट मेडिकल शिक्षा अध्ययन गर्नका लागि ठूलो संख्यामा विद्यार्थीहरु बंगलादेश जाने गरेका छन् । नेपालमा एमबीबीएस सिट कटौती भएको मौका छोपी विभिन्न कन्सल्टेन्सीले सिट संख्याभन्दा बढी विद्यार्थी पठाउँदा समस्या देखिएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।
‘बंगलादेशमा कति विद्यार्थी अलपत्र परेका छन् भन्ने दूतावासले जानकारी दिएको छैन । विद्यार्थी सम्पर्कमा आउने क्रम जारी छ । अहिले प्राप्त जानकारीअनुसार, दुई सयको हाराहारीमा एमबीबीएस अध्ययनका लागि गएका विद्यार्थी अलपत्र परेका छन्’, काउन्सिलका रजिष्टार डां. दिलीप शर्माले भने ।

बंगलादेशका ५० मेडिकल कलेजमा नेपाली विद्यार्थी भर्ना भएको मेडिकल काउन्सिलले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकले खबर लेखेको छ ।

प्रकाशित मितिः२०७४ भदौ २५ गते

 

वि.सं.२०७४ भदौ २५ आइतवार ०७:०८ मा प्रकाशित

You can share this post!

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...