back
NMB ad

पेप्सी टाउनप्लानिङ्गको सनसिटीसँगै खुल्यो ग्लोबल मार्ट

Kumari bank ad

काठमाडौ । काठमाडौको पेप्सीकोलास्थिती सनसिटि अपार्टमेन्टसँगै रहेको सिटौला कम्प्लेक्समा ग्लोबल मार्ट सञ्चालनमा आएको छ । शनिबार कम्प्लेक्समा आयोजित विशेष कार्यक्रमकाबीच वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले मार्टको उद्घाटन गरे । मार्टसँगै सोही कम्प्लेक्समा ग्लोबल रेष्टुरेन्ट तथा ग्लोबल चिल्ड्रेन गेम जोन पनि सञ्चालनमा आएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले विदेशमा लामो समय बसेर स्वदेश फर्किएका युवाले सञ्चालन गरेको व्यवसाय आफैंमा उदाहरणीय भएको बताए । विदेशमा रहेका नेपालीहरुलाई त्यहाँको सिप तथा प्रविधी स्वदेशमा यसैगरी उपयोग गर्न उनले आग्रह समेत गरे । ग्लोबल मार्ट, रेष्टुरेन्ट तथा चिल्ड्रेन गेम जोनका सञ्चालक हरि प्रसाद सिटौला ९ वर्ष कोरियामा रोजगारीपछि फर्किएका व्यक्ति हुन् ।

ग्लोबल मार्टमा खाद्यान्न, किचेन वयेर, गिफ्ट, कस्मेटिक, बच्चाका खेलौना, जुत्ता, ब्याग तथा लेडिज जेन्सका सम्पूर्ण तयारी पोशाक उपलब्ध छन् । मार्ट कम्प्लेक्सको तेस्रो तला सम्म रहेको छ भने चौथो तलामा ग्लोबल गेम जोन र पाँचौ तलामा ग्लोबल रेष्टुरेन्ट रहेको छ । चिल्ड्रेन गेम जोनमा फनपार्कमा उपलब्ध हुने गेमहरु रहेका छन् । उद्घाटनका अवसरमा बोल्दै सञ्चालक हरि प्रसाद सिटौलाले आगामी एक महिना सम्म खाद्यान्नमा ५ तथा रेष्टुरेन्ट र अन्य सबैमा १० प्रतिशत छुटको व्यवस्था गरिएको बताए । मुनाफा कम्पनीको उद्देश्य रहेपनि सामाजिक उत्तरदायीत्वलाई आफूले कहिल्यै नबिर्सने उनको भनाई छ । प्रत्येक वर्षको मुनाफाबाट २ प्रतिशत सम्म सामाजिक कामका लागि खर्च गर्ने उनले घोषणा समेत गरे । आफूले सञ्चालन गरेका विभिन्न व्यवसायमा प्रत्यक्ष रुपमा हाल ७५ जनालाई रोजगारी दिएको बताउँदै उनले भोलिका दिनमा सबैको सहयोग पाएको खण्डमा धेरैभन्दा धेरैलाई रोजगारी दिने उद्देश्य रहेको बताए । विभिन्न कम्पनीमा गरी १५ करोड रुपैंयाँ लगानी भएको उनको भनाई थियो ।

उद्घाटनकै अवसरमा ग्लोबल प्रतिभा सम्मानबाट तीन जना युवालाई नगद पाँच हजार पाँच सय पचपन्न रुपैंयाँ सहित सम्मान समेत गरिएको थियो । यसरी सम्मानित हुनेमा स्वरोजगार अभियन्ता तथा समाजसेवी सुजन थपलिया, अटिजम भएका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा योगदान पु¥याएकी सविता उप्रेति तथा पत्रकार, लेखक रोहित भण्डारी रहेका छन् । तीन युवालाई सम्मान गर्दै सञ्चालक सिटौलाले समाजमा सकारात्मक योगदान पु¥याएका युवाहरुको सम्मानले उहाँहरुमा थप सकारात्मक कामका लागि उर्जा भर्नेमा आफू विश्वस्त रहेको बताए । समाज परिवर्तनका लागि युवाहरुबीचको सहकार्य आवश्यक रहेको उनको भनाई थियो ।

देशका प्रतिष्ठित कलाकार मनोज गजुरेल, कोमल वली, नायक निखिल उप्रेति लगायतको प्रस्तुती सहितको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, काठमाडौंं क्षेत्र नं २ का सांसद दीपक प्रसाद कुइकेल, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापा, सिटौला समाज नेपालका अध्यक्ष जनार्दन सिटौला लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः २०७४ भदौ २५

वि.सं.२०७४ भदौ २५ आइतवार ०८:५३ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...