काठमाडौं । निर्धन उत्थान बैंकले आफ्ना सेयरधनीहरुलाई ६६.६७ प्रतिशत बोनस सेयर र १४.०४ प्रतिशत नगद लाभांश दिने भएको छ । निर्धनको मंगलबार बसेको सञ्चालक समिति बैठकले ४० करोड रुपैयाँ बराबरको बोनस सेयर र यसमा लाग्ने कर तिर्न समेत गरेर ८ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले लाभांश पाउनेछन् । हाल निर्धनको चुक्ता पुँजी ६० करोड रुपैयाँ छ ।
प्रकाशित मितिः २०७४ भाद्र २५
वि.सं.२०७४ भदौ २५ आइतवार १४:५० मा प्रकाशित