back
NMB ad

नारायण भण्डारीको अध्यक्षतामा पर्यटन पत्रकार संघ (जाट–नेपाल)को नयाँ नेतृत्व सर्वसम्मत

Kumari bank ad

काठमाडौ । पर्यटन पत्रकार संघ (जाट–नेपाल)को सातौं वार्षिक साधारण सभाले नारायण भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको प्रथम उपाध्यक्षमा शिव श्रेष्ठ,द्धित्तिय उपाध्यक्षमा शेखर अधिकारी,महासचिवमा हरिशरण न्यौपाने,सचिवमा कुमार चौलागाई र कोषाध्यक्षमा राजीव जोशीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा शंकर प्रधानाङ्ग,किशोर खड्का,सविता उप्रेती,किशोर बस्नेत,अच्यूत रेग्मी,श्रीहरी श्रेष्ठ र मोहनप्रसाद मैनालीलाई चयन गरेको छ ।

नवनिर्वाचित भएलगतै संघका अध्यक्ष भण्डारीले जाट–नेपालले पर्यटन पत्रकारीताको विकास र विस्तारमा अझै महत्वपूर्ण भूमिका निर्वा गर्ने बताए ।

स्व.हरिराजजोशी पर्यटन पत्रकारीता पुरस्कारबाट बरिष्ट पर्यटन पत्रकार सिल्वाल सम्मानित

संघले पर्यटन पत्रकारितामा सगरमाथाको उचाई बराबर आफ्नो पर्यटन पत्रकारिताको उचाई कायम गर्नुभएका संस्थाका संस्थापक अध्यक्ष स्व. हरिराज जोशी पर्यटन पत्रकारिता पुरस्कार–२०७४ बाट नेपाल टेलिभिजनमा कार्यरत बरिष्ठ पर्यटन पत्रकार राजु सिल्वाललाई विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई बराबर मान्यता कायम गर्नभएको भन्दै ८,८४८ रुपैंया नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो । यस्तै संस्थागत सम्मानतर्फ नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, खुम्बिला संरक्षण प्रतिष्ठानलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटनको विकास पत्रकारहरुले पुर्याएको योगदानको कदर गर्दै पर्यटनको प्रबद्र्धनमा एकसाथ अगाडि बढ्ने धारणा राखेका थिए । त्यस्तै शुभकामना व्यक्त गर्दै ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजाल, एनएमएका निवर्तमान अध्यक्ष आङक्षिरिङ शेर्पा, पर्यटन बोर्डका सदस्य राजेन्द्र सापकोटा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगर लगायतले पर्यटनमा सबैको सहकार्य आवश्यक रहेको र सकारात्मक सन्देश प्रदान गर्ने कार्यमा सबैको एकतामा जोड दिएका थिए ।jat nepal 7th agm hariraj joshi puraskar 2074 Khumbila samman photo jat

प्रकाशित मितिः २०७४ भदौ २५

वि.सं.२०७४ भदौ २५ आइतवार १६:३२ मा प्रकाशित

You can share this post!

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...