back
NMB ad

नरनाथ लुइटेलको अध्यक्षतामा डेढ लाख निर्माण मजदुर आबद्ध क्यूपेक–नेपालको नेतृत्व सर्वसम्मत

Kumari bank ad

काठमाडौ । डेढ लाख निर्माण मजदुर आबद्ध नेपाल बिजुली,पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन(क्यूपेक–नेपाल) को छैठौं राष्ट्रिय महाधिबेशनले नरनाथ लुइटेलको अध्यक्षतामा ३१ सदस्यीय केन्द्रिय समिति निर्बिरोध चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा रामप्रसाद पाण्डे, शान्ता बस्नेत निर्बिरोध चयन  भएका छन् ।

यस्तै महासचिवमा गोपाल कार्की, उपमहासचिवमा अम्बिरकुमार लिङदेन र स्मृती लामा, सचिवहरुमा राजेन्द्र विष्ट, दिवाकर पोखरेल र महिला सचिवमा यमकली तङ्नामी मगर चयन भएका छन् । त्यस्तै प्रदेश सचिवहरुमा मुक्तिनाथ गिरी, मानबहादुर विक,योगेन्द्र शर्मा सुतीहार, सोमबहादुर आले,कृष्णप्रसाद ढुंगेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा डोमा राई,गणेश लामा,सुदीप राजवंशी,शोभा ढकाल खतिवडा,रामकृष्ण चौधरी, धुपादेवी राई,विक्रमसिंह स्याङतान,कृतिनिधि विष्ट,पुण्यप्रसाद उप्रेती,बलादेवी राई,पदमबहादुर बुढामगर,टोपबहादुर थापा,टिकाराम श्रेष्ठ चयन भएका छन् । अधिबेशनले प्रतिनिधि परिषद प्रमुखमा मनोहरी शिवाकोटी उपप्रमुखमा कृष्ण बरालका साथै सल्लाहकार कमिटी प्रमुखमा तेजबहादुर बस्नेतलाई चयन गरेको छ । सल्लाहकार समितिका सदस्यहरुमा राजु आचार्य,चन्चलाल बोट र रामचन्द्र कार्की चयन भएका छन् ।

नवनिर्वाचित भए लगत्तै क्यूपेक–नेपालका अध्यक्ष नरनाथ लुईटेलले निर्माण क्षेत्र ढुंगा गिट्टी बालुवामा काम गर्ने देखि बिजुली,प्लम्बिङ,पेन्टर, वन लगायत सबै क्षेत्रका समस्या समाधान गराउन आफु दृढ भएर लागिपर्ने बताए । उनले भर्खरै पारित श्रम ऐन र सामाजिक सुरक्षा ऐन अक्षरस पालना गर्न आफ्नो नेतृत्वले समय खर्चने बताए । विगतमा विभिन्न जिल्ला प्रशासन कार्यालयमार्फत राखेका निर्माण मजदुरका मागहरु वार्ताका माध्यमबाट पुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
Cuppec nepal naranath luitel 2074 (14)

Cuppec nepal naranath luitel 2074 (1)

छैठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) का अध्यक्ष विष्णु रिमालले अबको दशक निर्माणको दशक हुने भन्दै निर्माण मजदुरका क्षेत्रमा पुरा गर्नुपर्ने कार्यलाई प्राथमिकताका छुट्याएर पुरा गर्न सुझाव दिएका थिए ।

प्रकाशित मितिः २०७४ भदौ २६

वि.सं.२०७४ भदौ २६ सोमवार १७:५८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...