काठमाडौ । शुक्रबार सुनचाँदीको भाउ बढेको छ । सुन शुक्रबार तोलाको ५७ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार तोलामा ३ सय रुपैयाँ बढेको छ । समग्रमा यो हप्ता सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । हप्ताको पहिलो दिन तोलाको ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अन्तिम दिन शुक्रबार ५७ हजार १ सय रुपैयाँमा झरेको हो ।
यस्तै चाँदी पनि शुक्रबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रकाशित मितिः २०७४ भदौ ३०
वि.सं.२०७४ भदौ ३० शुक्रवार १३:४० मा प्रकाशित