लगानीकर्तालाई बम्पर अफर ! ३४% बोनस र १०% बढि नगद लाभाँश !

काठमाडौ । समिट माइक्रोफाइनान्सले ३४.४८२७ प्रतिशत बोनसमा सेयर दिने भएको छ । कम्पनीले बोनस सेयर लाग्ने कर प्रयोजनका लागि १.८१४८ प्रतिशतनगद लाभांश पनि दिने निर्णय गरेको छ ।

यसैगरी, कम्पनीले सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । यो करसहितको नगद लाभांश हो । कम्पनीले चुक्ता पुँजी ७ करोड २५ लाख रुपैयाँबाट कुल ३ करोड ३९ लाख ४७ हजार ३६८.४२ रुपैयाँ बराबरको बोनस र नगद लाभांश दिन लागेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश प्रस्ताव नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रकाशित मितिः २०७४ असोज १

२०७४ असोज १ गते १३:४३ मा प्रकाशित

You can share this post!

अमेरिकामाथि जुनसुकै बेला हाइड्रोजन बम खसालेर ध्वस्त पार्नसक्छौंः उत्तर कोरिया

आजदेखि १४ जिल्लामा हर्न बजाउन प्रतिवन्ध

Related posts