back
NMB ad

सेयरधनीलाई २५०% हकप्रदको सुवर्ण अवसर !

Kumari bank ad

काठमाडौ । सहारा विकास बैंकले सेयरधनीलाई २५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । हकप्रद निष्काशन गर्न बैंकले भदौ २८ गते धितोपत्र बोडमा निवेदन दिएको हो ।

बैंकले १०० रुपैंया अंकित १८ लाख २४ हजार ८७० कित्ता हकप्रद बिक्री गर्न अनुमति माग गरेको छ । सर्लाहीको एकजिल्ले सहारा बिकास बैंक आफैले चुक्ता पूँजी पुर्याउन नसक्ने भएपछि काठमाडौमा केन्द्रीय कार्यालय रहेको देव बिकास बैंकसँग बेचिने सम्झौता गरेको थियो । देवसँग बेचिने भएपछि २०७३ पुस २९ गते सम्पन्न छैठौ वार्षिक साधारण सभाले पारित गरेको २५० प्रतिशत हकप्रद सेयर रद्ध गर्ने निर्णय गर्दे देवसँग एक्वायर हुने निर्णय गरेको थियो ।

बैंकले देवः विकास बैंकसँग एक्वायर हुने भएपछि २५० प्रतिशत हकप्रद ल्याउने साधारण सभाको निर्णयलाई खारेज गर्नका लागि बोलाएको विशेष साधारण समेत पटक पटक रद्ध भएको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ जारी गर्दे धितोपत्र बोर्डले दफा १२ को उपदफा १० मा साधारणसभाबाट हकप्रद जारी गर्ने निर्णय गरिसकेपछि रद्ध गर्न नपाउने व्यवस्था गरेपछि बैंक अन्ततः हकप्रद जारी गरेर मात्र एक्वायरमा जानुपर्ने अवस्था सिर्जना भएको हो ।

निर्देशिका विपरित हकप्रद खारेजी गर्न लागेको भन्दै केही सेयरधनीले धितोपत्र बोर्डमा उजुरी समेत गरेका थिए । त्यसपछि धितोपत्र बोर्डले प्रस्तावित हकप्रद ल्याउनैपर्ने निर्देशन जारी गरेको पछि बैंकले हकप्रद जारी गर्न लागेको हो । हकप्रदमा एनआइबीएल क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

प्रकाशित मितिः २०७४ असो २

वि.सं.२०७४ असोज २ सोमवार ०९:५७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...