back
NMB ad

प्रदेश नम्बर २ का स्थानीय तहमा ७३ प्रतिशत भोट खस्यो, मतदान शान्तिपूर्ण र उत्साहजनक

Kumari bank ad

प्रदेश नम्बर २ का स्थानीय तहमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको मतदानमा ७३ प्रतिशत भोट खसेको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको छ।

१ सय ३६ वटा स्थानीय तहका सबै मतदान केन्द्रमा विना कुनै हिंसा मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको आयोगले जनाएको छ।

मतदानको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उत्साही रुपमा प्रस्तुत प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव मतदान सम्पन्न भएपछिको पत्रकार सम्मेलनमा थप हौसिएका र प्रसन्न देखिन्थे।

८ वटा जिल्लामा एउटा महानगर सहित १३६ वटा स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न बिहानैदेखि भोट खसाल्न मतदाता लाइनमा बसेका थिए।

मतदाताको त्यही उत्साहका कारण प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने , करिब ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ।

डुबान र कटानको दुःखलाई सहेर भएपनि मतदाताहरुले देखाएको व्यापक सहभागिताले लोकतन्त्र र जनताको अधिकारलाई बलियो बनाउन सहयोग पुगेको अनुभव आयोगले गरेको छ।पहिलो र दोस्रो चरणको निर्वाचनमा करिब ७४ प्रतिशत मत खसेको थियो।
ती दुवै चरणमा केही ठाउँमा पुनः मतदान गराउनु परे पनि प्रदेश २ मा त्यस्तो अवस्था आएन।

प्रकाशित मितिः२०७४ असोज २

वि.सं.२०७४ असोज २ सोमवार २१:५५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...